News Category 2078/11/15
स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक गरेको छ ।
सरोकारवालाहरुसँग मतदाता नामावली अद्यावधीक (दाबी विरोध समेत) सम्बन्धि आइतवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निर्वाचन कार्यालयले सो तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार फागुन १९ गते निर्वाचन कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिने भएको छ भने फागुन २० गते मतदाता नामावलीमा दोहरो नामावली भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका, वसाई सराई गरेका लगायतका विषयमा त्रूटि सच्याउन वा दाबी विरोध गर्ने समय तोकिएको छ ।
यस्तै फागुन २४ गते प्राप्त उजुरी र निवेदनको छानवीन गरी कानुन बमोजिम प्रक्रिया पुरा नगरेका मतदाताको नाम सुचीबाट हटाउने र फागुन २५ गते त्रुटी सच्याएर मतदाता नामावली प्रकाशन गर्ने तथा फागुन २६ गते दोहरो नाम परेका सम्बन्धमा प्राप्त निवेदनको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधीक भएको तथ्याङ्क संगै निर्वाचन आयोगमा पठाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने बताए । उनले माघ २४ सम्म चलेको मतदाता नामावली संकलन अभियान अन्तर्गत नाम लेखाएर बैशाख २९ सम्म १८ वर्ष पुृरा गरेका सबैले मतदान गर्न पाउने बताए । मतदान संकलन अभियानका क्रममा थपिएका ६० हजार ७ सय ९ मतदाता सहित जिल्लामा २ लाख २१ हजार १ सय पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रो लिंगी गरी कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको कार्यक्रममा उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकार जर्नादन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवका साथै विभिन्न राजनीतिक दलका प्रतिनीधी, संचारकर्मी, अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनीधी लगायतले पनि अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन गरिनु पर्ने कामहरुबारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ