News Category 2078/11/19
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । मधेश सरकारले ती परिवारलाई एक–एक लाख रुँपैया प्रदान गरेको हो ।
राजविराजमा बिहीबार मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी जनयुद्धका क्रममा सहिद भएका १२ जना सहिद परिवारलाई एक–एक लाख नगद तथा दोसल्ला र कदरपत्रबाट सम्मान गरेको हो ।
आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई पनि तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णय भएको बताउँदै पहिलो चरणमा एक–एक लाख र दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने जानकारी दिए ।
जनयुद्ध र मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश सरकारले जीविकोपार्जनका लागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याइसकेको बताउँदै भविष्यमा समेत प्रदेश सरकारको साधन श्रोतले भ्याएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
उनले एक सहिद परिवार, एक रोजगार कार्यक्रम अन्तर्गत सहिद परिवारलाई रोजगारीको अवसरका साथै प्रदेश सरकारबाट दिन सकिने थप सेवा सुविधा पनि दिन थालिएको बताए ।
मधेश सरकारले माघ ५ गते मधेश आन्दोलनको समझनामा बलिदानी दिवस मनाउँदै आएको छ । सो क्रममा गत माघ ५ गते ५८ जना सहिद परिवारलाई ३–३ लाखका दरले सहयोग प्रदान गरिएको थियो ।
यस पटकदेखि मधेश प्रदेश सरकारले जनयुद्ध दिवस समेत मनाउँन थालेको छ । जनयुद्ध दिवस फागुन १ गते जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको थियो । सहिद प्रतिष्ठानकी सदस्य कविता ठाकुरले जनयुद्धका क्रममा मधेश प्रदेशबाट ५ सय ४२ जनाले ज्यान गुमाएको र क्रमिक रुपमा सबैले प्रदेश सरकारको उक्त सहयोग प्राप्त गर्ने बताइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सप्तरी इन्चार्ज एवम् संविधानसभा सदस्य अशोककुमार मण्डल ‘अमर’, प्रदेश सभा सदस्य जगत यादव, प्रमिला यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देव लगायतले सहिद परिवारलाई आर्थिक सहयोगसँगै सीप र रोजगार दिएर अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ