News Category 2078/11/21
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
राजविराज÷नेपाल अडिटर्स एशोसिएसन जिल्ला कार्य समिति सप्तरीले जिल्लाको कंचनरुप नगरपालिकाले स्थानिय सामुदायिक विद्यालयहरुमा लेखापरिक्षकको नियुक्तीमा अनियमितता भएको ओरोप लगाएको छ ।
अडिटर्स एशोसिएसनका अध्यक्ष विश्वनाथ देवद्वारा जारि विज्ञप्तिमा कंचनरुप नगरपालिका शिक्षा शाखाले लेखापरिक्षणार्थ लेखापरिक्षकको नियुक्ति गर्न सूचना पालिकाको वेवसाइटमा असोज १२ गते प्रकाशित गरेपछि ३३ जनाको निवेदन परेकोमा १५ जनालाई मात्र आर्थिक चलखेल गरि मनपरी तरिकाले नियुक्त गरेको आरोप लगाइएको छ ।
३३ जना मध्ये १३ जना स्थानिय लेखापरिक्षकको निवेदन परेकोमा ३ जनालाई मात्र नियुक्त गरि व्यापक अनियमितता गरेको एशोसिएसनले निश्कर्ष निकालेको छ ।
यस्तै विज्ञप्तिमा नेपाल अडिटर्स एशोसिएशन सप्तरीले फागुन ११ गते लेखापरिक्षकको नियुक्ति सम्बन्धमा सूचना माग गर्दा शिक्षा शाखाले कुनै जानकारी नदिएकोले सो सम्बन्धमा आवश्यक छानबिन गरि कडा कारवाहीका लागि माग गरिएको छ ।
उक्त नगरपालिकाको ३२ सामुदायिक विद्यालयहरुले आ.ब. २०७५÷०७६ देखी २०७७÷७८ सम्म तीन वर्षको हालसम्म लेखापरिक्षण गराएका छैनन् । नगरपालिकाहृस्को शिक्षा शाखाले ती विद्यालयहरुको लेखापरिक्षणका लागि प्रदेश १ का ११, मधेश प्रदेशको लहानका एक तथा सप्तरीका ३ जना लेखापरिक्षकहरुलाई नियुक्त गरेको छ ।
यता सप्तरीका लेखापरिक्षहरुले आफूहरुले सूचनाले माग गरे अनुरुप नै सम्पूर्ण प्रक्रिया पुरा गरि निवेदन पेश गर्दा पनि स्थानिय लेखापरिक्षहरुलाई पालिकाले उपेक्षित गरेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ