News Category 2078/11/21
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
राजविराज÷नेपाल भारत खुला सिमा सम्बाद समुह सप्तरीले राजबिराज भन्सार कार्यालय सप्तरीबाट सर्बसाधारणका लागि जारी सन्देश प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
खुला सिमा सम्वाद समूहका सप्तरी संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञिप्तमा कुनै पनि बहानामा सिमा क्षेत्रको बासिन्दाले बर्षौदेखी दैनिक जिवनमा उपभोग गर्दै आएको सुबिधामा असर पर्ने काम नगर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सम्वाद समूहले नेपाल भारतको सास्कृतिक, आर्थिक, समाजिक सम्बन्ध बलियो बनाउने कार्यमा बिगत पाच बर्षदेखि सिमा क्षेत्रमा विभिन्न किसिम कार्यक्रम, छलफल गर्दै आएको जनाउँदै खुला सिमा समाधान हो, समस्या होइन भन्ने मुल मन्त्र राखि नेपाल भारत बीचको खुला सिमा पौराणिककालदेखि सम्बन्धलाइ यथास्थानमा राखी सिमा आरपारको सम्बन्धलाइ अझ मजबुत बनाउने कार्यमा प्रयासरत रहेको जानकारी गराउन चाहन्छौ”
तस्करी वा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी दुबै तिरको प्रशासनको काम रहेको विज्ञप्तिमा उल्लेख गर्दै सिमा आसपास हुने तस्करी, कालोबजारी नियन्त्रणमा उक्त क्षेत्रको बासिन्दाको सहयोग लिनुको सट्टा आमजनता कोरोना महामारीले थलिएको र आर्थिक मन्दीको बेला अनाहकमा पिडा दिनु दुःखद रहेको ठहर गरिएको छ ।
सोही विज्ञप्तिमा सिमा क्षेत्रमा हुने गरेको कालोबजारी, तस्करीको नाममा आम सर्बसधारणको दैनिक जिवनमा असर पर्ने कार्य सहि नभएको जनाउँदै यस्तो अब्यबहारिक निर्णय तुरुन्त फिर्ता लिन सम्बधित निकायलाइ आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ