News Category 2078/11/21
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह

राजविराज÷नेपाल भारत खुला सिमा सम्बाद समुह सप्तरीले राजबिराज भन्सार कार्यालय सप्तरीबाट सर्बसाधारणका लागि जारी सन्देश प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
खुला सिमा सम्वाद समूहका सप्तरी संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञिप्तमा कुनै पनि बहानामा सिमा क्षेत्रको बासिन्दाले बर्षौदेखी दैनिक जिवनमा उपभोग गर्दै आएको सुबिधामा असर पर्ने काम नगर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सम्वाद समूहले नेपाल भारतको सास्कृतिक, आर्थिक, समाजिक सम्बन्ध बलियो बनाउने कार्यमा बिगत पाच बर्षदेखि सिमा क्षेत्रमा विभिन्न किसिम कार्यक्रम, छलफल गर्दै आएको जनाउँदै खुला सिमा समाधान हो, समस्या होइन भन्ने मुल मन्त्र राखि नेपाल भारत बीचको खुला सिमा पौराणिककालदेखि सम्बन्धलाइ यथास्थानमा राखी सिमा आरपारको सम्बन्धलाइ अझ मजबुत बनाउने कार्यमा प्रयासरत रहेको जानकारी गराउन चाहन्छौ”
तस्करी वा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी दुबै तिरको प्रशासनको काम रहेको विज्ञप्तिमा उल्लेख गर्दै सिमा आसपास हुने तस्करी, कालोबजारी नियन्त्रणमा उक्त क्षेत्रको बासिन्दाको सहयोग लिनुको सट्टा आमजनता कोरोना महामारीले थलिएको र आर्थिक मन्दीको बेला अनाहकमा पिडा दिनु दुःखद रहेको ठहर गरिएको छ ।
सोही विज्ञप्तिमा सिमा क्षेत्रमा हुने गरेको कालोबजारी, तस्करीको नाममा आम सर्बसधारणको दैनिक जिवनमा असर पर्ने कार्य सहि नभएको जनाउँदै यस्तो अब्यबहारिक निर्णय तुरुन्त फिर्ता लिन सम्बधित निकायलाइ आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ