News Category 2078/11/21
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
राजविराज÷नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन विवादका बीच स्थगित भएको छ । निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित भएको हो ।
पटक पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखी हुने भनिएको निर्वाचन १० बजेदेखी मात्र सुरु भएको थियो ।
रुपनी गाँउपालिका वडा न ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगि बनेको भन्दै विवाद उत्पन्न भएको थियो ।
सो विवाद उत्पन्न भएपछि केही मतपत्र च्यातिएको प्रत्यक्षदर्शी काँग्रेसी नेताहरुले जनाएका छन् । कुल २ हजार ५ सय ३५ मतदाता मध्ये दिउँसो ४ बजेसम्म ६ सय ३ मत मात्र खसेको थियो ।
निर्वाचन समितिले क्षेत्र नं. १ देखि ४ सम्म अलग अलग बुथ राखेपनि महिला र पुरुषलाई एउटै बुथमा राखेपछि बिवादको अर्को कारण बनेको थियो । एउटै बुथमा महिला पुरुष राखेपछि एक मतदातालाई धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यताले व्यवस्थापन भद्रगोल अवस्था देखिएको थियो ।
नयाँ नेतृत्वका लागि सभापति पदमा संस्थापन पक्षतर्फबाट शत्रुधन प्रसाद यादव र इतर पक्षतर्फबाट रामदेव साहको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।
यो समाचार तयार गर्ने समय सम्म निर्वाचन समिति र उम्मेदवारद्वय पक्षबीच छलफल जारि रहेको छ । श्रोतका अनुसार स्थगित भएको निर्वाचन मंगलबार हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ