News Category 2078/11/22
वरिष्ठ वामपन्थी नेता वर्माको निधन
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
सप्तरी निवासी वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आइतबार साँझ उपचारका क्रममा काठमाडौंमा निधन भएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा केही दिनदेखी उनको उपचार भइरहेको थियो । ९३ वर्षीय नेता वर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्प्समा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उनको निधन भएको परिवारजनले बताएका छन् ।
वर्मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकै वर्ष २००६ सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील थिए । उनी २००७ सालको क्रान्तिका पनि एक जना योद्धा थिए । उनले केही कम्युनिष्ट दर्शनका पुस्तक र सयौं संख्यामा लेखहरू लेखेका छन् ।
२०४६ सालपछि उनले नेकपा (वर्मा) नामको पार्टी गठन गरी त्यसको अध्यक्ष समेत रहिसकेका छन् । सप्तरीमा जन्मेका उनी केही वर्षदेखि काठमाडौंमै बस्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ