News Category 2071/06/09
डा. राउतलाई देशद्रोहीको झुठो मुद्दा लगाइयो ः सद्भावना उपाध्यक्ष साह
दैनिक संवाददाता
राजविराज, ८ असोज ।
सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नबलकिशोर साह रामबाबुले मधेशमा संघियता सहित स्वायत्त मधेश प्रदेश स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।
संघीय गणतान्त्रिक मोर्चा सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित नयाँ संविधान निमार्णमा परिवर्तन र पहिचान पक्षधर शक्तिहरुको भुमिका विषयक विचार गोष्ठिमा उहाँले सो कुरामा जोड दिनुभएको हो ।
प्रमुख आतिथ्यको आसन्नबाट बोल्दै उहाँले नयाँ बन्ने संविधानमा मधेश र मधेशी जनताको अधिकार सुनिश्चितता हुनुपर्ने बताउँनुभयो । केन्द्रिय उपाध्यक्ष साहले अब मधेश र मधेशी जनताहरु जागरुक भईसकेको छ र आफनो अधिकार भाँगेर होईन लडेर लिन तयार रहेको बताउँनुभयो ।
उहाँले संघीयता, पहिचान सहितको संविधान नआए मुलुकमा पुन एक पटक आन्दोलन हुने बताउँदै नयाँ बन्ने संविधानमा हरेक जातजाती, धर्म, संस्कृतिहरुको अधिकार सुुनिश्चितता हुनुपर्ने बताउँनुभयो । साहले बर्तमान सरकारले मधेशको अधिकारलाई दबाउनका लागि मधेशमा जन्मनुभएका डा. सिके राउत जस्तो व्यक्तिहरुलाई बिना कारण पक्राउ गरी देशद्रोहीको झुठो मुद्दा लगाएको आरोप समेत लगाउनुभयो ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित गोष्ठिमा एकिकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य विश्वनाथ प्रसाद साहले मधेशी जनताको पहिचान, स्वभिमान र अधिकारको लागि पुनः हतियार उठाउनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मधेशी जनअधिकार फोरम नेपालकी कोषाध्यक्ष एवं पुर्व शिक्षा मन्त्रीय रेणु यादवले राज्यको दमन, शोषण विरुद्ध पुनः मधेशमा आन्दोलन गर्नुपर्ने खाँचो रहेको बताउँदै त्यसका लागि सम्पुर्ण मधेशी जनताहरु तयार रहेको स्पष्ट पार्नुभयो ।
मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो विचार गोष्ठिमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रिय सदस्य शेलैश चौधरी, लोकतान्त्रिकका कावा अध्यक्ष सत्य नारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य साधना झा, बिनोद चौधरी, मधेशी जनअधिकार फारेम नेपालका अध्यक्ष दिनेश कुमार यादव लगायतका बक्ताहरुले मधेशी जनताको अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यता रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ