News Category 2078/11/22
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
नेपाली काँग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशन अन्तरगत निर्वाचन मंगलबार हुने भएको छ ।
शनिबार विवादका बीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने जनाइएको छ । अब उक्त निर्वाचन राजविराजस्थित पविमावि हुने लगभग तय भएको छ ।
यसअघि निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।
पटक पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखी हुने भनिएको निर्वाचन १० बजेदेखी मात्र सुरु भएको थियो ।
रुपनी गाँउपालिका वडा न ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगि बनेको भन्दै विवाद उत्पन्न भएको थियो ।
सो विवाद उत्पन्न भएपछि केही मतपत्र च्यातिएको प्रत्यक्षदर्शी काँग्रेसी नेताहरुले जनाएका छन् । कुल २ हजार ५ सय ३५ मतदाता मध्ये दिउँसो ४ बजेसम्म ६ सय ३ मत मात्र खसेको थियो ।
निर्वाचन समितिले क्षेत्र नं. १ देखि ४ सम्म अलग अलग बुथ राखेपनि महिला र पुरुषलाई एउटै बुथमा राखेपछि बिवादको अर्को कारण बनेको थियो । एउटै बुथमा महिला पुरुष राखेपछि एक मतदातालाई धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यताले व्यवस्थापन भद्रगोल अवस्था देखिएको थियो ।
नयाँ नेतृत्वका लागि सभापति पदमा संस्थापन पक्षतर्फबाट शत्रुधन प्रसाद यादव र इतर पक्षतर्फबाट रामदेव साहको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ