News Category 2078/11/22
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।
सहिदको सम्झनामा नगरपालिका मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संघ संस्था बन्द गर्न उनले आग्रह समेत गरे ।
बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
सो घटनाका क्रममा मृत्यु भएका पाँचैजनालाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । सो घटना पश्चात् एमाले मेचीमहाकाली राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ