News Category 2078/11/23
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
दैनिक समाचारदाता
राजबिराज, २३ फागुन ।
मलेठ घटनाको पाँचौ पुण्यतिथिको अवसरमा सोमबार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ ।
राजबिराज वडा ९ स्थित मलेठ जोलहरीमा स्थानियबासीहरूले सभाको आयोजना गरि सहिदप्रति श्रद्वासुमन अपर्ण गरेका थिए ।
मलेठ घटनामा प्रहरीको गोली लागि सहादत प्राप्त गरेका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, आनन्द साह र इनर यादवका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
उक्त श्रद्वाञ्जली सभामा जसपा सप्तरी अध्यक्ष केदार यादब, लोसपा सप्तरी अध्यक्ष सुनिल यादब, राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब र जसपा नेता भिमराज यादबले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सभामा बोल्दै प्रमुख अतिथि तथा शहिद सन्जन मेहताका बुवा लक्ष्मण मेहताले मलेठ घटना भएको पाँच वर्ष बित्दा समेत दोषीलाई कारवाही नभएको प्रति चिन्ता ब्यक्त गरे ।
लोसपाका स्थानिय नेता रामचन्द्र यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्वसासंद लक्ष्मी चौधरी, लोसपा केन्द्रीय नेता दिपेन्द्र चौधरी, पुनम यादब, जसपा नेता अमरनाथ मण्डल, जिसस सदस्य लक्ष्मी रजक, राजबिराज वडा ९ का अध्यक्ष शम्भु यादब (लाली), लोसपा नेता बिनोद यादब, जसपा युवा नेता शम्भु यादब, सुरजित सिँह, तारकेश्वर यादब, श्याम यादब, पत्रकार अबधेश झा, शुभचन्द्र झा, लगायत स्थानियबासीहरूले सहिद स्तम्भमा श्रद्वासुमन अपर्ण गरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मण यादब गरेको सभामा स्वागत मन्तब्य जसपा नेता हरेराम यादबले गरेका थिए ।
बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ