News Category 2071/06/09
डा. राउतलाई रिहा नगरेसम्म आन्दोलन नरोकिने राउतलाई रिहा गर्न माग गर्दै परेको रिट खारेज
दैनिक संवाददाता
राजविराज, ८ असोज ।
डा. सिके राउतलाई रिहा नगरेसम्म मधेशमा आन्दोलन नरोकिने बुधबार राजविराजमा आयोजित बिरोधसभाका सहभागिहरुले बताएका छन ।
मोरङ्गको रंगेलीबाट पक्राउ परेका सप्तरीको महदेवा निवासी डा. सिके राउतलाई अबिलम्ब रिहाईको माग गर्दै बुधबार पनि राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले सो कुरा बताएका हुन ।
सो बिरोध सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, विद्यार्थी नेता निराजन झा, युवा नेताद्धय निरज मुक्ति, ब्रहमदेव ईसर लगायतका बक्ताहरुले राज्यले दमनकारी तरिकाबाट पक्राउ गरेका मधेशका वैज्ञानिक डा. सिके राउतलाई रिहा नगरेसम्म मधेशमा आन्दोलन नरोकिने बताउनुभयो ।
सरकारले बिना कारण डा. राउतलाई पक्राउ गरेको भन्दै बुधबार १२ औ दिन पनि राजविराजका साथै तराई मेधशका विभिन्न जिल्लाहरुमा ¥याली तथा प्रदर्शनलाई निरन्तरता दिइएको छ ।
राजविराजमा स्वतन्त्र मधेशी युवा विद्यार्थी संजालद्धारा सयौ युवाहरुको सहभागितामा डा. राउतलाई अबिलम्ब रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका थिए ।
अभिव्यक्ति स्वतन्त्रता कायम गर, मधेशमा मानवअधिकार हनन् बन्द गर र बैज्ञानिक डा. सिके राउतलाई अबिलम्ब रिहा गर लगयातका माग सहित युवाहरुले नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका थिए ।
धर्ना कार्यक्रम पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
यसैबिच सर्वोच्च अदालतले डा. सीके राउतलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण सम्वन्धी रिट खारेज गरेको छ ।
न्यायाधीश सुशील कार्की र गोविन्द उपाध्यायको इजलासले राज्य विरुद्धको अपराध सम्वन्धी मुद्दाको अनुसन्धानका क्रममा विशेष अदालतबाट म्याद थप भएको र निवेदकको थुनाको बैधता सोही अदालतबाट सम्बोधन हुने भन्दै निवेदन खारेज गरेको हो ।
मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाइरहेका सप्तरीका राउत दुई साता अघि मोरङको रंगेलीबाट पक्राउ पर्नुभएको थियो । उहाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा सार्वजनिक अपराधको मुद्दा चलिरहेको छ ।
राज्य विरुद्दको अपराध सम्वन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले राउतलाई थुनामा राख्न विशेष अदालतबाट अनुमति लिएको छ ।
सर्वोच्च अदालतले सीके राउतले उपचार माग गरेको सम्वन्धमा उनको निजी खर्चमा रोजेको चिकित्सक वा अस्पतालबाट उपचार गर्ने व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको छ ।
यसअघि खुट्टा सुन्निएपछि उहाँलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ