News Category 2078/11/24
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
नेपाली काँग्रेस सप्तरीको विवाद पश्चात् शनिवार स्थगन भएको जिल्ला कार्यसमितिको निर्वाचन मंगलवार अबेर साँझ कडा सुरक्षा बीच सम्पन्न भएको छ ।
मतदान स्थल व्यवस्थित गर्ने विषयमा गत शनिबार निर्वाचन शुरु भई झण्डै ६० प्रतिशत मत खसिसकेको अवस्थामा संस्थापन र इतर पक्षाबीच विवाद चर्किएपछि स्थगन गरिएको मतदान मंगलबार सम्पन्न भएको हो ।
मंगलबार सम्पन्न भएको मतदान भने राजविराजस्थित पविमाविमा भएको हो । यसअघि शनिबार गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतदान स्थल राखिएको थियो ।
काँग्रेसको जिल्ला निर्वाचनमा संस्थापन पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट रामदेव साहको प्यानल चुनावी मैदानमा छन् । यादव संस्थापन र साह शेखर कोइराला पक्षका हुन । यादव अहिले जिल्ला कार्यसमितिका सचिव र साह महाधिवेशन प्रतिनिधि हुन् ।
सभापति र पदाधिकारीसहित कुल ८४ पदमा हुने निर्वाचनमा हरेक पदमा २÷२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा जिल्लाको वडा, गाउँ, नगर, क्षेत्र, प्रदेश र केन्द्रका प्रतिनिधि गरी २ हजार ५ सय ३५ मतदाता छन् ।
मुख्य निर्वाचन अधिकृत रुद्रनारायण शर्माका अनुसार अबेर साँझसम्म मतदान प्रक्रिया चलेकोले बुधवार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । सम्पूर्ण मतपरिणाम आउँन भने दुई दिन समय लाग्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ