News Category 2078/11/24
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
नेपाली काँग्रेस सप्तरीको विवाद पश्चात् शनिवार स्थगन भएको जिल्ला कार्यसमितिको निर्वाचन मंगलवार अबेर साँझ कडा सुरक्षा बीच सम्पन्न भएको छ ।
मतदान स्थल व्यवस्थित गर्ने विषयमा गत शनिबार निर्वाचन शुरु भई झण्डै ६० प्रतिशत मत खसिसकेको अवस्थामा संस्थापन र इतर पक्षाबीच विवाद चर्किएपछि स्थगन गरिएको मतदान मंगलबार सम्पन्न भएको हो ।
मंगलबार सम्पन्न भएको मतदान भने राजविराजस्थित पविमाविमा भएको हो । यसअघि शनिबार गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतदान स्थल राखिएको थियो ।
काँग्रेसको जिल्ला निर्वाचनमा संस्थापन पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट रामदेव साहको प्यानल चुनावी मैदानमा छन् । यादव संस्थापन र साह शेखर कोइराला पक्षका हुन । यादव अहिले जिल्ला कार्यसमितिका सचिव र साह महाधिवेशन प्रतिनिधि हुन् ।
सभापति र पदाधिकारीसहित कुल ८४ पदमा हुने निर्वाचनमा हरेक पदमा २÷२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा जिल्लाको वडा, गाउँ, नगर, क्षेत्र, प्रदेश र केन्द्रका प्रतिनिधि गरी २ हजार ५ सय ३५ मतदाता छन् ।
मुख्य निर्वाचन अधिकृत रुद्रनारायण शर्माका अनुसार अबेर साँझसम्म मतदान प्रक्रिया चलेकोले बुधवार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । सम्पूर्ण मतपरिणाम आउँन भने दुई दिन समय लाग्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ