News Category 2078/11/27
प्रदेश स्तरीय क्रिकेटको आयव्यय सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
प्रदेश क्रिकेट संघ प्रदेश नं. २ सँगको समन्वय तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजबिराजमा आयोजना भएको प्रधानमन्त्री कप प्रदेश स्तरीय छनौट पुरुष तथा महिला क्रिकेट प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनमा काठमाण्डौमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंसिर २० देखि २५ गतेसम्म संचालित प्रदेश स्तरीय महिला छनौट प्रतियोगिता अन्र्तगत प्रदेश क्रिकेट संघबाट प्राप्त रकम ३ लाख मध्ये सप्तरी क्रिकेट संघले कुल ५ लाख ११ हजार ३ सय ६४ खर्च गरेको संघका अध्यक्ष, सचिव तथा कोषाध्यक्षद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
जारी बिज्ञप्तीमा महिला छनौट अन्र्तगत खानामा १ लाख ७८ हजार ६ सय ५०, खाजा अन्र्तगत ३६ हजार ५ सय आवास अन्र्तगत ९८ हजार, अफिसियल परिचालन अन्र्तगत ८७ हजार, स्वयंसेवक परिचालन १६ हजार ४ सय ५०, मैदान व्यवस्थापन (टेन्ट सभियाना खेल मैदान लगायत) २८ हजार ७ सय १७, यातायात अन्र्तगत २७ हजार ५ सय ६०, अतिथी सत्कार १४ हजार ५ सय ७०, बिविध अन्र्तगत बल, बिकेट फोटोकपी, चुना, मार्किंग टेप लगायतको खर्च जम्मा २३ हजार ९ सय १७ खर्च देखाइएको छ ।
त्यसै गरि पुरुष अन्र्तगत पौष १४ गते देखि २१ गते सम्म संचालित प्रतियोगिताको लागि प्रदेश क्रिकेट संघबाट प्राप्त ४ लाख ८० हजार मध्ये सप्तरी क्रिकेट संघले ८ लाख ५३ हजार ६ सय १७ रुपैया खर्च गरेको छ ।
जस अन्र्तगत खाना खर्च २ लाख ९९ हजार ७ सय ५०, खाजामा ४९ हजार ८ सय ७०, आवासमा १ लाख ६९ हजार ७ सय ८०, अफिसियल परिचालनमा १ लाख १९ हजार ५ सय, स्वयंसेवकमा २६ हजार ५ सय, मैदान व्यवस्थापन अन्र्तगत टेन्ट, सभियाना तथा खेल मैदान लगायतमा ३७ हजार ६ सय, यातायातमा ६७ हजार ६ सय ७०, अतिथी सत्कारमा ४१ हजार ५ सय १५ तथा बिबिध अन्र्तगत बल, बिकेट, फोटोकपी, चुना, मार्किंग टेप लगाययको खर्चमा ४१ हजार ४ सय ३२ रुपैया खर्च गरिएको जारी बिज्ञप्तीमा जनाइएको छ ।
जारी बिज्ञप्तीमा आयोजनामा सहयोग गर्ने सवैमा धन्यवाद दिदै राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ, प्रदेश क्रिकेट संघ प्रदेश नं. २ तथा जिल्ला खेलकुद बिकास समिति सप्तरीलाई समेत धन्यवाद ब्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
- 2082/03/15 दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
- 2082/03/10 एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
- 2082/03/09 रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
- 2082/03/09 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/03/09 वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
- 2082/03/09 लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
- 2082/03/08 नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ