News Category 2078/11/27
प्रदेश स्तरीय क्रिकेटको आयव्यय सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
प्रदेश क्रिकेट संघ प्रदेश नं. २ सँगको समन्वय तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजबिराजमा आयोजना भएको प्रधानमन्त्री कप प्रदेश स्तरीय छनौट पुरुष तथा महिला क्रिकेट प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनमा काठमाण्डौमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंसिर २० देखि २५ गतेसम्म संचालित प्रदेश स्तरीय महिला छनौट प्रतियोगिता अन्र्तगत प्रदेश क्रिकेट संघबाट प्राप्त रकम ३ लाख मध्ये सप्तरी क्रिकेट संघले कुल ५ लाख ११ हजार ३ सय ६४ खर्च गरेको संघका अध्यक्ष, सचिव तथा कोषाध्यक्षद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
जारी बिज्ञप्तीमा महिला छनौट अन्र्तगत खानामा १ लाख ७८ हजार ६ सय ५०, खाजा अन्र्तगत ३६ हजार ५ सय आवास अन्र्तगत ९८ हजार, अफिसियल परिचालन अन्र्तगत ८७ हजार, स्वयंसेवक परिचालन १६ हजार ४ सय ५०, मैदान व्यवस्थापन (टेन्ट सभियाना खेल मैदान लगायत) २८ हजार ७ सय १७, यातायात अन्र्तगत २७ हजार ५ सय ६०, अतिथी सत्कार १४ हजार ५ सय ७०, बिविध अन्र्तगत बल, बिकेट फोटोकपी, चुना, मार्किंग टेप लगायतको खर्च जम्मा २३ हजार ९ सय १७ खर्च देखाइएको छ ।
त्यसै गरि पुरुष अन्र्तगत पौष १४ गते देखि २१ गते सम्म संचालित प्रतियोगिताको लागि प्रदेश क्रिकेट संघबाट प्राप्त ४ लाख ८० हजार मध्ये सप्तरी क्रिकेट संघले ८ लाख ५३ हजार ६ सय १७ रुपैया खर्च गरेको छ ।
जस अन्र्तगत खाना खर्च २ लाख ९९ हजार ७ सय ५०, खाजामा ४९ हजार ८ सय ७०, आवासमा १ लाख ६९ हजार ७ सय ८०, अफिसियल परिचालनमा १ लाख १९ हजार ५ सय, स्वयंसेवकमा २६ हजार ५ सय, मैदान व्यवस्थापन अन्र्तगत टेन्ट, सभियाना तथा खेल मैदान लगायतमा ३७ हजार ६ सय, यातायातमा ६७ हजार ६ सय ७०, अतिथी सत्कारमा ४१ हजार ५ सय १५ तथा बिबिध अन्र्तगत बल, बिकेट, फोटोकपी, चुना, मार्किंग टेप लगाययको खर्चमा ४१ हजार ४ सय ३२ रुपैया खर्च गरिएको जारी बिज्ञप्तीमा जनाइएको छ ।
जारी बिज्ञप्तीमा आयोजनामा सहयोग गर्ने सवैमा धन्यवाद दिदै राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ, प्रदेश क्रिकेट संघ प्रदेश नं. २ तथा जिल्ला खेलकुद बिकास समिति सप्तरीलाई समेत धन्यवाद ब्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ