News Category 2078/11/27
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराज भन्सार कार्यालयमा राखिएको अवैध सवारीसाधनहरु लिलामी नहुँदा त्यही सड्न थालेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयमा २०६८ सालदेखी हालसम्म राखिएको ती अवैध सवारीसाधनहरु लिलामी नहुँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।
भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले लिलामी हुन नसक्दा ती सवारीसाधनका कारण भन्सार कार्यालयलाई ठाउँको समेत अभाव हुन थालेको जानकारी दिएका छन् । उनले वर्षायाममा बाढीको पानीमा डुबेर समेत सवारीसाधन सड्न थालेपछि राजश्वमा पनि नोक्सानी हुने अवस्था उत्पन्न भएको बताए ।
कार्यालय प्रमुख झाले आफू तीन महिना अघि मात्र सरुवा भई आएको बताउँदै लिलामीका लागि पठाइएका सवारीसाधनको विवरण तयार पार्न लागेको जानकारी दिएका छन् ।
उनले लामो समयदेखी राखिएका ती सवारीसाधन मध्ये कतिपयको इन्जिन र चेसिस नम्बर प्रष्ट बुझिने अवस्था नरहेको बताउँदै लहानस्थित यातायात कार्यालयबाट प्राविधीक ल्याएर भएपनि ती सवारीसाधनको पहिचान गर्ने काममा लागिपरेको बताए ।
यता वर्षायाममा भन्सार कार्यालय परिसर पनि डुवानमा पर्ने हुँदा लिलामीका लागि पठाइएका सवारीसाधनको सुरक्षा र व्यवस्थापन गर्न झन समस्या भएको भन्सारका कर्मचारीहरुको भनाई छ ।
प्रहरीले चेकजाचको क्रममा नियन्त्रणमा लिएका अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाउने गरेको छ । अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाएपनि कतिपय सवारीसाधनको हकमा मुद्दा समयमै फैसला नहुँदा र फैसला भइसकेका मुद्दाका सवारीसाधनको पनि विगतका प्रमुखहरुले समयमै भेरिफाई (पहिचान) गर्ने काम गर्न नसक्दा लिलामी प्रक्रियामा ढिलाई भएको भन्सार कार्यालयका कर्मचारीहरुको भनाई छ ।
मुद्दाको फैसला र प्राविधिकले सवारीसाधनको पहिचान गरिसकेपछि मुल्याङ्कन समितिले तिनको मुल्याङ्कन गरि मुल्य निर्धारण गरेपछि विज्ञापन मार्फत लिलामी प्रक्रिया अघि बढाउने कानुनी व्यवस्था रहेको राजविराज भन्सार कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ