News Category 2071/06/08

डा. राउतलाई रिहाईको मा“ग गर्दै आन्दोलन जारी राउतको विषयमा संसदमा कुरा नउठाउन निर्देशन, सभासदको नाराबाजी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ असोज । 
मोरङ्गको रंगेलीबाट पक्राउ परेका सप्तरीको महदेवा निवासी डा. सिके राउतलाई अबिलम्ब रिहाईको माग गर्दै मंगलबार पनि राजविराज विरोध प्रदर्शन गरेको छ ।
सरकारले बिना कारण डा. राउतलाई पक्राउ गरेको भन्दै राजविराजका साथै तराई मेधशका विभिन्न जिल्लाहरुमा ¥याली प्रदर्शन गरिएको हो । 
राजविराजमा स्वतन्त्र मधेशी युवा विद्यार्थी संजालद्धारा सयौ युवाहरुको सहभागितामा डा.राउतलाई अबिलम्ब रिहाईको माँँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी एक घण्टा धर्ना दिएका थिए ।
अभिब्यक्ति स्वतन्त्रता कायम गर, मधेशमा मानवअधिकार हनन् बन्द गर र बैज्ञानिक डा.सिके राउतलाई अबिलम्ब रिहा गर लगयातका माग सहित युवाहरुले नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय धर्ना समेत दिएका थिए । 
यसैबिच मधेश अभियानको मंगलबार सम्पन्न बैठकले डा. सीके राउतको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाएको छ । 
अभियानका संयोजक कौशल कुमार सिंहद्वारा जारि विज्ञप्तिमा डा. राउतको गिरफ्तारी संविधान प्रदत अभिव्यक्ति स्वतन्त्रता एवं समन्याय सिद्धान्त विपरित रहेकोले राज्यको दमनकारी कदमको भत्र्सना गर्दै निजको निःशर्त रिहाईको माग गरेको छ ।
साथै विज्ञप्तिमा डा. राउतको मधेशलाई अल्ग्याउने उग्र विचारले मधेशको अधिकार आन्दोलनलाई क्षति पु¥याउने भएकोले यो विचारलाई अभियानले समर्थन गर्न सकिन्न भन्ने निर्णय समेत बैठकले गरेको उल्लेख छ । 
यसैबिच विपक्षी दलहरुको अवरोधका कारण मंगलबार एघारौं दिन पनि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्नेलगायतका माग राख्दै एमाओवादीलगायतका विपक्षीहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।
यसैबीच, सभामुख सुवास नेम्वाङले विखन्डनकारी गतिविधि गर्दै हिडेको आरोपमा पक्राउ परेका डा.सीके राउतको विषयमा संसदमा कुरा नउठाउन सभासदहरुलाई निर्देशन दिएका छन् । मधेसी सभासदहरुले सीके राउत पक्राउ परेको विषयमा धारणा राख्न थालेपछि एमाले प्रमुख सचेतक अग्नि खरेलले अदालतमा विधाराधीन रहेको विषयमा बोल्न नमिल्ने भन्दै नियमापति गरेका थिए । त्यसपछि सभामुखले राउतको विषयमा धारणा नदिन ध्यानाकर्षण गराएका हुन । मंगलबारको बैठकमा सतारुढ दलका सभासदहरु पनि आफूहरुले समेत बोल्न पाउनुपर्ने भन्दै समय नलिइ उठेका थिए । उनीहरुलाई पनि सभामुखले रोकेका थिए ।सभासमुख नेम्वाङले कार्यसूचीमा प्रवेशै नगरी अवरोधको विषयमा छलफल गरौ भनी पटक–पटक प्रयास गरे पनि प्रतिपक्षहरुले अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट