News Category 2078/11/29
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मातृका प्रसाद यादवले पार्टीलाई जिवित राख्न पार्टी भित्र संघर्ष जारी राख्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
राजविराजमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा कार्यकर्ता भेटधाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सप्तरी संघर्षशील जिल्ला रहेको स्मरण गर्दै उनले पार्टी वनाउन संघर्ष अपरिहार्य रहेको जिकिर गरे । उनले गठबन्धन भत्काउन कांगे्रस इतर पक्ष र केपी शर्मा ओली पक्ष लागी परेकोमा गठबन्धन नभत्किने ठोकुवा समेत गरे ।
माओवादी केन्द्र पार्टी भित्र दुई दल अस्तित्वमा रहेको कारण एमसीसीको पक्ष र विपक्षमा मतदान हुनु दुर्भाग्यको संज्ञा दिए । सोही अवसरमा प्रमुख अतिथि यादवले जसपा र स्वतन्त्र गरी तिन दर्जन भन्दा वढीलाई माओवादीकेन्द पार्टीमा प्रवेश गराए ।
प्रवेश गर्नेमा राजविराज नगरपालिका वडा नं. १० का रामपुर क्याम्पसका रिटायर्ड प्राध्यापक डाक्टर देवनाथ यादव, सुभाष यादव, धर्मनाथ यादव, चन्द्रनारायण यादव, भागवत यादव, नागेश्वर यादव, आशाराम खंग, तिलाठीकोइलाडी गापाका प्रविण कामैत, इन्दल कामैत, रुन्दि शर्मा, सम्बोध झा, आलोक झा, सुनिल मिश्र, नारायण कामैत, सहदेव कामैत, बद्री कामैतलगायत रहेका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुर्यनाथ यादव, पुर्व निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादव, डाÞ देवनाथ यादव लगायतले विचार व्यक्त गरेका थिए ।
सो अवसरमा केन्द्रिय सदस्य सुर्यनाथ यादव, पुर्व निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादव, बोदे बर्साईन नगरपालिकाका नेकपा (माओवादी केन्द्र) का सम्भाबित प्रमुख पदका उम्मेदवार डाÞ सुर्य प्रसाद यादवलाई खादा लगाएर सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ