News Category 2078/11/29
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिलजिएसपी) जनकपुरधाम द्वारा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त अवसरमा अधिकारकर्मी देवराज पोखरेलले लैंगिक दृष्टिकोणबाट योजनाबद्व प्रकृयाहरूको विश्लेषण गर्ने, महिला समानता तथा महिला शसक्तिकरण अभियानका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
उनले लक्षित सार्वजनिक श्रोतहरूको संकलन तथा बिनियोजन सुनिश्चित गर्ने, लैगिंक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गर्ने, लैंगिक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।
लैंगिक समानता तथा महिला शसक्तीकरणका लागि सरकारी जवाफदेहिता तथा पारदर्शिता अभिबृद्वि गर्ने उद्देश्यले अभिमुखिकरण गर्न लागेको उनको भनाई छ ।
सो अवसरमा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, उप प्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत रेवती रमण शर्मा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ३ का सुर्दशन सिँह, वडा ५ का अध्यक्ष समीर झा, वडा ७ का अध्यक्ष मागीलाल नाई, वडा ९ का अध्यक्ष शम्भु प्रसाद यादब (लाली), वडा १० का अध्यक्ष सुशील दास, वडा १५ का अध्यक्ष राम प्रसाद यादब, वडा १६ का अध्यक्ष बुचाई दास, शिक्षा संयोजक भोगेन्द्र यादब, गैसस अध्यक्ष बलदेव मण्डल, आईटी अधिकृत सुरेश यादब लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ