News Category 2078/11/29
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिलजिएसपी) जनकपुरधाम द्वारा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त अवसरमा अधिकारकर्मी देवराज पोखरेलले लैंगिक दृष्टिकोणबाट योजनाबद्व प्रकृयाहरूको विश्लेषण गर्ने, महिला समानता तथा महिला शसक्तिकरण अभियानका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
उनले लक्षित सार्वजनिक श्रोतहरूको संकलन तथा बिनियोजन सुनिश्चित गर्ने, लैगिंक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गर्ने, लैंगिक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।
लैंगिक समानता तथा महिला शसक्तीकरणका लागि सरकारी जवाफदेहिता तथा पारदर्शिता अभिबृद्वि गर्ने उद्देश्यले अभिमुखिकरण गर्न लागेको उनको भनाई छ ।
सो अवसरमा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, उप प्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत रेवती रमण शर्मा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ३ का सुर्दशन सिँह, वडा ५ का अध्यक्ष समीर झा, वडा ७ का अध्यक्ष मागीलाल नाई, वडा ९ का अध्यक्ष शम्भु प्रसाद यादब (लाली), वडा १० का अध्यक्ष सुशील दास, वडा १५ का अध्यक्ष राम प्रसाद यादब, वडा १६ का अध्यक्ष बुचाई दास, शिक्षा संयोजक भोगेन्द्र यादब, गैसस अध्यक्ष बलदेव मण्डल, आईटी अधिकृत सुरेश यादब लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ