News Category 2078/11/29
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले तीनै तहको निर्वाचनमा यही गठबन्धनले निरन्तरता पाउने बताएका छन् । उनले आगामी तीन तहको निर्वाचनमा गठबन्धनसँगै जानु पर्ने पार्टीको धारणा समेत रहेको बताए ।
राजविराजमा शनिबार प्रेस सेन्टर नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै अहिलेको गठबन्धन ओलीको प्रतिगमन प्रबृति बिरुद्ध र जनताको चाहना बमोजिम भएकाले यसलाई भत्काएर अघि बढ्नु कसैको हितमा नहुने उनको जिकिर गरे ।
केन्द्रिय समितिको हालै बसेको बैठकले समेत गठबन्धनलाई बचाएर लैजाने निर्णय गरेको भन्दै उनले गठबन्धनमा मात्र जोड नदिएर माओवादी केन्द्रले आफ्नो शक्ति संचयनमा समेत जोड दिनुपर्ने धारणा राखे ।
उनले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको विषयमा ओलीले माओवादी केन्द्रलाई एक्ल्याउन गरेको षडयन्त्र असफल पार्न संशोधनसहित संसदबाट अनुमोदनका लागि पहल गरिएको बताए ।
गठबन्धनलाई धरापमा पार्न एमाले अध्यक्ष ओली अहिले पनि विभिन्न षडयन्त्र रचिरहेको आरोप लगाउँदै उनले गठबन्धनका शिर्ष नेताको समझदारीले त्यसलाई असफल बनाउँदै लगेका स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ