News Category 2078/11/29
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेपाली काँग्रेस सप्तरी जिल्ला कार्य समितिमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित भएका छन् ।
सात पदाधिकारीसहित ८४ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा शनिबारसम्म पदाधिकारीको मतगणना मात्र सकिएको छ । सभापति पदमा शेखर कोइराला पक्षका रामदेव साह यसअघि नै संस्थापन पक्षका शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गरि निर्वाचित भइसकेका छन् ।
निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार उपसभापति पदमा संस्थापन पक्षका फत्ते मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी साह प्यानलका उपसभापतिका उम्मेदवार १ हजार ५३ र ध्रुब नारायण चौधरी ९ सय ५४ मत ल्याइ पराजित भएका छन् ।
सचिव पदमा संस्थापन पक्षका प्रभु नारायण चौधरी १ हजार १ सय ८२ र सनतकुमार मण्डल १ हजार ७५ मत ल्याई निर्वाचित भएका छन् । साह प्यानलका सचिवका उम्मेदवार नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादव ७ सय ४५ मत ल्याई पराजित भएका छन् ।
यस्तै सहसचिव पदमा संस्थापन पक्ष कै घनश्याम साह घन्सी १ हजार २ सय ६५ र मनोज खड्का १ हजार ८६ मत ल्याई निर्वाचित भएका छन् । उनको निकटत्तम प्रतिद्वन्दी साह प्यानलका मो. मुश्लिम मियाँ ७ सय ५० र रामसुन्दर यादव ८ सय ४५ मतमा चित्त बुझाउनु परेको छ ।
कार्यसमितिका सदस्यसहित बाँकी ७७ पदको मतगणना भने जारि रहेको र समपूर्ण नतिजा पाउन अझै दुई दिन कुर्नु पर्ने अवस्था रहेको पार्टी प्रवक्ता प्रभातकुमार ललनले जानकारी दिए । दुई हजार ५ सय ३५ मतदाता रहेको काँग्रेसको निर्वाचनमा २ हजार ३ सय ४२ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ