News Category 2078/11/29
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
राजनीतिक दलले जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन ।
दलित सरोकार मंच नेपालद्वारा आइतबार समुदायको समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक दलसँग जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिाहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा डा. बिजय कुमार मिश्रले जनसंख्याका आधारमा दलितलाई राजनीतिमा प्रतिनिधित्व गराउनुपर्ने बताउँदै मुलुक मै सप्तरी जिल्लामा सबै भन्दा बढी जनसंख्या दलितकै रहेकाले सोही आधारमा प्रतिनिधित्व गराउनुपर्ने बताए ।
दलित सरोकार मंच कंचनरूपका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीको १८ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तहमा २७ प्रतिशत भन्दा बढी जनसंख्या रहेकोले पालिकामा अध्यक्ष वा नगर प्रमुखको पद दिनुपर्ने धारणा राखे । राज्यद्वारा संबैधानिक ब्यबस्था अनुसार एक जना दलितलाई राजनीतिक प्रतिनिधित्व गर्ने ब्यबस्था गरेपनि जनसंख्या आधारमा सहभागिता नभएकोमा उनले गुनासो पोखे ।
उनले अब २५ प्रतिशत भन्दा बढी जनसंख्या भएको ठाउमा चक्रिय प्रणाली अनुसार प्रतिनिधित्व आरक्षण साझा धारण बनाएर जनसंख्या भएका स्थानिय तहमा जनप्रतिनिधित्व गराउन एकजुट भएर अगाडि बढनुपर्ने सुझाव समेत दिए ।
लोसपा सप्तरी बरिष्ठ उपाध्यक्ष बौवालाल शर्माले छिन्नमस्ता गाउपालिकामा ६० प्रतिशत दलित रहेपनि महिला र दलितको सहभागिता शुन्य बराबरको रहेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका नेता कमल परियारले पार्टीले दलितलाई स्थान दिईरहेको बताउदै दलितबाट पनि अध्यक्ष वा मेयर पदमा अवसर दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेकपा एमाले सप्तरीका डिक बहादुर बिश्वकर्मा, नेकपा माओवादीका प्रथमलाल राम लगायतले पार्टीले दलितलाई जनसंख्या आधारमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टीका अगुवा दलित नेताहरू तथा संचारकर्मिहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ