News Category 2071/06/08
डा. सिके राउतको निःशर्त रिहाईको मा“ग
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
राष्ट्रद्रोहको मुद्दामा सिके राउतको बारे विशेष अदालतमा बहस चलिरहदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले संसदमा पनि सिके राउतको बारेमा कुरा उठाएका छन् ।
उनले डा.बाबुराम भट्टराईले संवाद समितिबाट बाहिर रहेका मधेसवादी नेताहरुलाई बोलाउँदा सिके राउतलाई पनि बोलाएर उनको धारणा माग गरेका थिए, सुझाव माग गरे अनुसार राउतले आत्मनिर्णय सहितको अधिकार सविधानमा हुनुपर्ने सुझाव दिएको बताउदै देशबाटै छुट्टिन पाउने गरी राइट टु सेप्रेशनको सुझाव दिएका मान्छेलाई प्रहरीले आहिले किन समातेको भन्दै सरकारसग प्रश्न गरे ।
समितिका सभाकक्षमा नै उनले त्यो सुझाव दिएका थिए तर त्यो बेला सुझाव लिने अनि पछि त्यही विषयमा समातिने यो कस्तो कानुन हो यसको बारेमा सरकारले जवाफ दिनुपर्ने गच्छदारले जोडदारमा रुपमा संसदमा कुरा राखेका थिए ।
स्वतन्त्र मधेश राष्ट्रका लागि शान्तिपूर्ण अभियान थालेका सप्तरीको महदेवा गाविस निवासी डा. सिके राउतको निःशर्त रिहाईका लागि उनका वुवा श्वेताम्बर राउतले आग्रह गरेका छन् ।
सप्तरीको महदेवा गाविस–३ निवासी ६२ बर्षिर्य अवकास प्राप्त शिक्षक राउतले आफना छोरा गैरकानुनी कार्यमा संलग्न नरहेको भन्दै छोराको निःशर्त रिहाईका लागि पहल गरी दिन मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजलाई आग्रह गरेका हुन् ।
कानुनको परिधिमा रहेर आङ्खनो छोराले शदियौंदेखि उत्पीडित मधेशी समुदायको अधिकार तथा पहिचानको कुरा उठाएको वताउँदै उनले भने, ‘संविधानले शान्तिपूर्ण तरिकाले आङ्खनो भावना अभिव्यक्त गर्ने, आङ्खनो माग राख्ने लगायतका अधिकार दिएको छ, तिनै अधिकारको उपयोग गर्दै मेरो छोराले पनि आफनो माग अघि सारेका छन् ।’ छोराको गिरङ्खतारीले आफनो परिवार निकै चिन्तित रहेको श्वेताम्बरको भनाई छ ।
स्वतन्त्र मधेश राष्ट्र स्थापनाको माग सहित शान्तिपूर्ण अभियानमा रहेका डा. सिके राउतलाई मोरंग प्रहरीले शनिवार साँझ मोरङ्गको रंगेलीबाट पक्राउ गरेको हो । आईतबार राउतमाथि सार्वजनिक मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको मोरंग प्रहरीले जनाएको छ ।
पेशाले बैज्ञानिक डा. राउत अमेरीकामा कार्यरत रहेका थिए । झण्डै १४ लाख मासिक तलब रहेको जागिर छोडेर एक वर्र्षअघि डा. राउत नेपाल फकिर्एको परिवारजनको भनाई छ । मधेशमै बसेर मधेशको अधिकारका लागि काम गर्नुपर्ने मान्यता राखेर उनी हाल मधेशका गाउँ गाउँ पुगेर जनजागरण लगायतका अभियान थालेका छन् । डा. राउतले लेखेको ‘मधेशको इतिहास’, ‘बैराग्यदेखि बचावसम्म’ लगायत आधा दर्जन वढि पुस्तकहरु प्रकाशित भईसकेको छ ।
यसैबिच अमेरिकामा रहेका नेपाली तराईबासीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका एन्टाले नेपालमा पक्राउ परेका डाक्टर सीके राउतको रिहाइको माग गरेको छ ।
एन्टाका अध्यक्ष ललित झा र प्रवक्ता जय पी शाहले जारी गरेको वक्तब्यमा राउतलाई पक्राउ गरिएकोमा निन्दा गर्दै रिहाईको माग गरिएको हो । राउत देशको अखण्डतामा आँच आउने अभिब्यपक्ति दिएको अभियोगमा नेपालमा पक्राउ परेका हुन् । एन्टाले राउतको स्वतन्त्र मधेश सम्बन्धी अवधारणामा सहमति नजनाउने तर अभिव्यक्ति स्वतन्त्रताको हक सबैलाई भएको भन्दै राउतको रिहाईको माग गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ