News Category 2078/11/29
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित टेंग्रि टोलमा शनिबार मध्यरातमा भएको आगलागिमा एक दर्जन भन्दा बढी घर जलेर खरानी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारको घर जलेको खरानी भएको प्रहरीले जनाएको छ ।
स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको हो । आगलागिमा परेका सबै घर फुस र काठबाट बनेका हुन् ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले आगलागिमा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर र ९ वटा पशुचौपाया समेत जलेर मरेको जानकारी दिए ।
राजविराज, हनुमाननगर र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा प्रहरी र स्थानियको सक्रियतामा बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी काफ्लेले बताए ।
यसैबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अग्निपीडितलाई तत्कालका लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएका छन् । काम विशेषले काठमाडौंमा रहेका मन्त्री साहले तत्कालै स्वकीय सचिव राजकुमार यादवमार्फत पीडित परिवारलाई त्रिपाल र खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ईं सूर्यनारायण यादवले पनि १० थान त्रिपाल र भाडाकुडा लगायतको राहत सामाग्रि बितरण गरेको अग्नीपिडितहरुले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ