News Category 2078/11/30
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी

दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले म्याद सकिएपछि थपिएका ८४ जना मतदाताको नाम हटाउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएको छ ।
लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको नेतृत्वमा गएको एक टोलीले मतदाता नामावलीमा नाम समावेश गर्ने समय बितिसक्दा पनि मतदाताको नाम समावेश गरेको भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उजुरी पत्र बुझाइएको हो ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि गत माघ २४ गते नै मतदाता परिचयपत्रका लागि आवश्यक विवरण लिने काम बन्द भइसकेकोमा माघ २७ र २८ गते राजविराज नगरपालिका वडा नं. ६ का केही व्यक्तिहरुको निजि घरमा गई फोटो खिच्ने काम र मतदाता सूचीमा समावेश गर्ने काम समेत भएको बुझाइएको उजुरी पत्रमा उल्लेख छ ।
उजुरी पत्रमा म्याद सकिएपछि थप गरिएका ८४ जनाको नामावली समेत समावेश गरिएको लोसपाका केन्द्रिय सदस्य शैलेश चौधरीले जानकारी दिए ।
पार्टीका जिल्ला अध्यक्ष झाद्वारा बुझाइएको उजुरीमा म्याद सकिएपछि फोटो खिचिएका केही व्यक्तिको नाम निर्वाचन कार्यालयको आधिकारीक वेवसाइटमा समेत फेला परेको दाबीका साथ ती नामहरु हटाउन माग गरिएको छ । त्यस्तै उक्त कार्यमा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथी कारवाहीको माग समेत गरिएको छ ।
उजुरी पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यक छानबिन गरि दोषिमाथी कारवाही गरिने जानकारी दिएका छन् ।
उजुरी पत्र बुझाउन जिल्ला समनवय समितिका प्रमुख प्रभाकर यादव, लोसपा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, बिनोद यादव, अमरनाथ मण्डल, जिल्ला सदस्य शशि चौधरी लगायत पार्टीका नेताहरु समेत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
यसैबीच जिल्ला निर्वाचन अधिकारी रमेश जोशीसँग सम्पर्क गर्दा आफू कार्यालय बाहिर रहेको बताउँदै कार्यालय आएपछि बास्तविकता बुझेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ