News Category 2078/12/01
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
उद्योग बाणिज्य संघ सप्तरीको आग्रहमा राजविराज भन्सार कार्यालयले सीमापारी भारतबाट एक सय रुपैया भन्दा बढी मुल्यको सामान ल्याएमा भन्सार काट्नु पर्ने सूचना जारि गरेपछि भारतको कुनौली बजारका व्यापारी निराश भएका छन् ।
भारतीय व्यापारीहरुको व्यापार चौपट भएपछि उनीहरु निराश भएका छन् । यता सप्तरीका व्यापारीहरु भने खुशी देखिन्छन् भने स्थानिय उपभोक्ता निराश बनेका छन् ।
राजविराज भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले सप्तरीका उद्योगि व्यवसायीहरुको आग्रहका साथै राजश्व संकलनमा बृद्धि तथा विभिन्न बहानामा अवैध ढंगले सामान भित्राउने प्रवृतीलाई नियन्त्र गर्ने विषयलाई ध्यानमा राखी भन्सार ऐन नियम बमोजिम सूचना जारि गरिएको बताएका छन् ।
गत फागुन १९ गते राजविराज भन्सार कार्यालयले सूचना जारि गरि दैनिक उपभोग्य घरायसी समान ल्याउन कडाई गरेपछि स्थानिय बजारबाट महँगो मुल्यमा सामान खरीद गर्नु परेको भन्दै स्थानिय उपभोक्ताहरु निराश बनेका हुन् ।
भारतको सुपौल जिल्लास्थित सीमावर्ती कुनौली बजारबाट एक लिटर खाने तेलको खरीद गर्दा ३५ रुँपैया कम तिर्नु परेको राजविराज ६ निवासी रामभजन देवको भनाई छ । उनका अनुसार स्थानिय बजारमा सामानको भाऊ ज्यादै महँगो भएका कारण आम उपभोक्ता समस्यामा परेका छन् ।
अर्का उपभोक्ता परिष कर्णले कुनौलीमा लिइएको चिनिको मुल्य भन्दा राजविराजमा प्रतिकेजी १४ रुँपैया बढी तिर्नु पर्ने अवस्था छ । बजार मुल्यका बारेमा अनुगमन गरि बढी मुनाफा लिने उपर कारवाही नगरि भन्सारमा कडाई गरेर मात्र उपभोक्ताको हीत हुननसक्ने उनको भनाई छ ।
यता नाकामा कडाई गरिएपछि आफूहरुको व्यापार चौपट हुन थालेको भन्दै भारतको कुनौली बजारका व्यापारीहरु समेत उक्त निर्णयको बिरोधमा उत्रेका छन् ।
व्यापार कल्याण समिति कुनौली बजारको अगुवाईमा मंगलबार बृहत बैठक राख्दै उनीहरुले यस बारे बिहारका मुख्यमन्त्री नितिश कुमारलाई समेत ध्यानाकर्षण पत्र पठाएका छन् । नेपाल तर्फबाट जाने गरेका ग्राहकहरुमाथी नै निर्भर रहेको कुनौलीको व्यापार भन्सारमा एक्कासी गरिएको यस्तो कडा निर्णयका कारण सुक्दै गएको व्यापार कल्याण समिति कुनौली भारतका सदस्य प्रकाश साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ