News Category 2078/12/01
मर्यादित रुपमा होली मनाउन प्रशासनको आग्रह
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
स्थानिय प्रशासनले सुरक्षित र मर्यादित रुपमा होली पर्व मनाउन सबैसँग अनुरोध गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जबरजस्ती रंग अबर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आपसी सद्भावको पर्व होली संयमित, सुरक्षित र मर्यादित ढंगले मनाउन सबैमा अनुरोध गरेका छन् ।
उनले होली पर्वका अवसरमा कुनै अप्रिय घटना हुन नदिन बजारमा शान्ति सुरक्षाका लागि उचित प्रवद्र्धन मिलाइएको जानकारी दिँदै कोरोनाको जोखिम कायमै छ, सकभर घरमै बसेर सुरक्षित होली मनाउदा उपयुक्त हुने बताए ।
यसैबीच रंग र उमङ्गको पर्वको रुपमा रहेको होली पर्वको अन्तिम तयारीमा यहाँका यूवाहरु जुटेका छन् । यस पटक पहाडमा बिहीबार र तराई मधेश क्षेत्रमा शुक्रबार होली पर्व मनाइने छ ।
होलीको अवसरमा मिडिया विथ टेक्नोलोजि नामक संस्थाले बुधबार महामूर्ख सम्मेलन तथा होली गायन प्रतियोगिता लगायतका विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
गाउँघरका विभिन्न कला तथा सांस्कृतिक समूहले पनि मट्का फोड र होली गायन लगायतका कार्यक्रम गर्ने विशेष तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ