News Category 2078/12/01
मर्यादित रुपमा होली मनाउन प्रशासनको आग्रह

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
स्थानिय प्रशासनले सुरक्षित र मर्यादित रुपमा होली पर्व मनाउन सबैसँग अनुरोध गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जबरजस्ती रंग अबर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आपसी सद्भावको पर्व होली संयमित, सुरक्षित र मर्यादित ढंगले मनाउन सबैमा अनुरोध गरेका छन् ।
उनले होली पर्वका अवसरमा कुनै अप्रिय घटना हुन नदिन बजारमा शान्ति सुरक्षाका लागि उचित प्रवद्र्धन मिलाइएको जानकारी दिँदै कोरोनाको जोखिम कायमै छ, सकभर घरमै बसेर सुरक्षित होली मनाउदा उपयुक्त हुने बताए ।
यसैबीच रंग र उमङ्गको पर्वको रुपमा रहेको होली पर्वको अन्तिम तयारीमा यहाँका यूवाहरु जुटेका छन् । यस पटक पहाडमा बिहीबार र तराई मधेश क्षेत्रमा शुक्रबार होली पर्व मनाइने छ ।
होलीको अवसरमा मिडिया विथ टेक्नोलोजि नामक संस्थाले बुधबार महामूर्ख सम्मेलन तथा होली गायन प्रतियोगिता लगायतका विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
गाउँघरका विभिन्न कला तथा सांस्कृतिक समूहले पनि मट्का फोड र होली गायन लगायतका कार्यक्रम गर्ने विशेष तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ