News Category 2078/12/03
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
होली मनाउन घर फर्किएका चोरी घटनामा फरार एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज ६ निवासी २५ वर्षिय श्यामबाबु साह छन् ।
होली मनाउन घर आएको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ जेष्ठ १५ गते एक महिना ४ दिन कैद र ३० हजार जरिवानाको फैसला भए लगत्तै फरार भएका उनी बिहीबार घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका हुन् ।
घटनाको भोली पल्टै पक्राउ परेका उनी केही दिन थुनामा बसेर धरौटीमा छुटेका थिए । अदालतको फैसला आएलगत्तै भने उनी फरार भएका थिए ।
पक्राउपछि अदालतमा उपस्थित गराइएका साहलाई आदेशानुसार बिहीबार नै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
२०७५ साल पुस १४ गते राजविराज ७ निवासी शिवनारायण साहको घरआंगनमा राखिएको पीकअप भ्यानमा लोड गरिएको डेढ लाख भन्दा बढी मुल्यको किराना सामान चोरी गरेको आरोपमा उनी उपर चोरी मुद्दा अन्तरगत कारवाही चलाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ