News Category 2078/12/05
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

राजविराज÷सप्तरीमा पिकअप भ्यानले ठक्कर दिँदा बजारबाट घरतर्फ पैदल जादै गरेका एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का ५५ वर्षिय दुःखीलाल लेखीको स.१च. १६८३ नं को पिकअप भ्यानले ठक्कर दिँदा शुक्रबार राती उपचारका क्रममा मृत्यु भएको हो ।
साँझ ५ बजेतिर बजारको काम सकेर घरतर्फ पैदलै जाँदै गरेका लेखीलाई पूर्वपश्चिम लोकमार्गमा पर्ने उक्त गाउँपालिकाको वडा नं. ६ रतवाला सडकखण्डमा तिब्रगतिमा आउँदै गरेको पिकअप भ्यानले ठक्कर दिएको थियो ।
सो क्रममा ठक्कर दिएको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमै पल्टिएको थियो । गम्भिर घाइते भएका लेखीलाई स्थानिय धर्मेश्वर अस्पतालमा भर्ना गरिए पनि अवस्था जटि बन्दै गएपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा उपचारकै क्रममा राती ८ बजेतिर उनको मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा चालु आ.ब. २०७८÷७९ को हालसम्ममा भएको सवारी दुर्घटनामा ८ पुरुष, दुई महिला र एक बालकगरि ११ जनाले ज्यान गुमाइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ