News Category 2078/12/08
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ३ स्थित नर्घोमा तिन दिने व्यवसायिक साक्षरता तालिम मंगलबारदेखी शुरु भएको छ ।
युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा “नागरिक सक्रियता” परियोजनाले सो तीन दिने व्यवसायिकसाक्षरता तालिम सञ्चालन गरेको हो ।
सो तालिममा राजगढ गाउँपालिकाका वडा नं. २ का सृजनशिल महिला समूह तथा वडा नं.३ का सरस्वती महिला समुहकी महिला÷युवती सदस्यहरुलाई तीन दिने व्यवसायिक साक्षरता तालिम सञ्चालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले बताए ।
उक्त कार्यक्रममा राजगढ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सिताराम यादव र दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले संयुक्त रुपमा ब्यानर पढेर तालिम उदघाटन गरे ।
तालिममा लक्षित ग्राहकको पहिचान र विक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, लागत तथा विक्रि मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरण लगायत बिषयबस्तुहरु समिटिने मञ्चले जनाएको छ । तालिमको प्रमुख प्रशिक्षक दिपक साह शंकरले सहजिकरण गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ