News Category 2071/06/10
छिन्नमस्ता शक्तिपीठमा श्रद्धालुहरुको घु“ईचो दशै अवधिभरी शक्तिपीठ वरिपरि मदिरा बिक्रि वितरणमा रोक
दैनिक संवाददाता
राजविराज, ९ असोज ।
नेपालीहरुको महान चाड वडा दशैको अवसरमा पहिलो दिन बिहिबार घटस्थापनादेखी घर घरमा दुर्गा माताको पुजापाठ गरि मनाउन शुरु गरिएको छ ।
यसै अवसरमा मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवति शक्तिपीठमा श्रद्धालुहरुको घुँईचो लाग्न सुरु भएको छ ।
शक्तिपीठका पिठाधिश महाकान्त ठाकुरले वडा दशै अवधिभरी सप्तरीलगायत छिमेकी विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौ श्रद्धालुहरु पुजाआजाका लागि आउने गरेको जानकारी दिनुभयो ।
सखडेश्वरी माताको पुजाआजा तथा दर्शन र खसी बोका बलिदानका लागि वडा दशै अवधिभरी दिनहुँ हजारौ श्रद्धालुहरु छिन्नमस्ता सखडेश्वरी मन्दिरमा आउने गरेको पिठाधिशको भनाई छ ।
राजविराज सखडा सडक खण्ड अन्तगर्तको करिब १० किलोमिटरको बाटो जिर्ण भएका कारण यस वर्ष पनि वडा दशैमा श्रद्धालु भक्तजनहरुलाई आवत जावतमा समस्या उत्पन्न हुने स्थानीयहरुको भनाई छ ।
सामान्य वर्षामा पनि सो सडक खण्ड हिलोमय हुने गरेका कारण अन्य वर्ष झै यस वर्ष पनि श्रद्धालु भक्तजनहरुलाई मन्दिर सम्म पुजाआजा गर्नमा समस्या उत्पन्न हुने प्रवल सम्भावना रहेको स्थानीय विद्यानन्द चौधरीले बताउनुभयो । उहाँले उक्त सडक मर्मत सम्भारका लागि वर्षेनी लाखौ रकम खर्चे पनि सडकको अवस्था जिर्ण रहेका कारण श्रद्धालु भक्तजनहरुलाई पुजापाठ गर्नमा समस्या उत्पन्न हुने बताउनुभयो ।
यसैबिच वडा दशैको अवधिभरी प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठ वरिपरि मदिरा बिक्रि वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ ।
वडा दशै अवधिभरी छिन्नमस्ता मन्दिर परिसर वरिपरि मदिरा विक्रि वितरणमा प्रतिवन्द्ध लगाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । प्रजिअ यादवले प्रसिद्ध छिन्नमस्ता शक्तिपिठमा खासगरी दशै अवधिभरी मदिरा तथा नशालु पदार्थ सेवन तथा विक्रिवितरणमा पुर्ण रुपमा प्रतिवन्द लगाउने सर्वसम्मत निर्णय भएको बताउनुभयो ।
मदिरा तथा नशालु पदार्थ सेवन गरेर मन्दिरमा होहल्ला मच्चाउँने कार्य तथा अपराधिक क्रियाकलापलाई मध्यनजर राखि दशै अवधिभरी मन्दिर परिसरमा मदिरा विक्रि वितरणमा रोक लगाएको प्रजिअ यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ