News Category 2078/12/12

सशस्त्रद्वारा ७८ किलो गाँजा बरामद 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोसी नदीको नहर नजिकबाट शनिबार लागूऔषध गाँजा बरामद भएको छ ।
    सशस्त्र प्रहरी बल नं ६ गण हेडक्वार्टर, विष्णुपुर ६ का गणपति प्रदीप खड्काको नेतृत्वको टोलीले नहर नजिक रहेको झाडीबाट ७८ किलो गाँजा बरामद गरेको हो ।
    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प भारदहका अनुसार प्रहरीलाई देखेपछि गाँजाको पोका पारेको बोराहरू बेवारिसे अवस्थामा छाडेर तस्करहरू फरार भएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट