News Category 2071/06/10
डा. राउतको रिहाईको लागि एक दिने मधेश बन्दको घोषणा
दैनिक संवाददाता
राजविराज, ९ असोज ।
आमरण अनसनमा बसेका डा. सिके राउतको स्वास्थ्य अवस्था गम्भिर बन्दै गईरहेको भन्दै स्वतन्त्र मधेश गठबन्धनले त्यसको घोर भत्सर्ना गरेको छ ।
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय परिषद्का कैलाश महतोले विज्ञप्ती प्रकाशन गरी सार्वजनिक मुद्दामा पक्राउ पारिएको ब्यक्तिलाई २४ घण्टा भित्र छोडनुपर्ने कानुन हुदाँ पनि ८ गते बिना कारण सर्वोच्च अदालत समेतले मधेश विरोधी फैसला गरी मुद्धा गरेको जनाएको छ ।
असोज ५ गतेदेखि थुना भित्रै आमरण अनसनमा बसेका डा.सिके राउतको स्वास्थ्य अवस्था गम्भिर बन्दै गईरहेकोप्रति भत्सर्ना गर्दै डा.राउतको जीवन रक्षाको लागि सबैपक्षसँग आग्रह समेत गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा अन्तरिम संविधान २०६३ मा स्वतन्त्र रुपले बोल्न पाउँने अधिकार बञ्चित गरी मोरङ्गको रंगेलीबाट बिना पुर्जी अपहरण शैलिमा पक्राउ गरी विभिन्न प्रकारको मानसिक यातना, ज्यान मार्ने षडयन्त्र गरिरहेको भन्दै त्यसको भत्सर्ना गरेका छन ।
साथै गठबन्धनले डा.राउतको बिना शर्त रिहाईका लागि असोज १० गते एक दिनका लागि मधेश बन्दको घोषणा समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ