News Category 2078/12/13
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन दर्जन भन्दा बढी आकांक्षी
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा माओवादी केन्द्रले चुनावी चहलपहललाई तिब्रता दिएको छ ।
नेकपा माओवादी केन्द्रका क्रियाकलाप बढ्नुको साथै स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ ।
माओवादी केन्द्रले जिल्लाको १८ वटै स्थानीय तहको १ सय ६३ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिका र वडाका सम्भावित उम्मेदवारहरुले आ–आफ्नो दावी पेश गर्दैछन् । जसका लागि तीन दर्जन भन्दा बढी प्रमुख उपप्रमुखका आकांक्षीहरु देखिएका छन् ।
महादेवा गापावाट अध्यक्षमा दिपेन्द्र माझी, देवराम यादव, मनोज यादव, कृष्णदेव मण्डल, वैजु कामैत, फरेवी सदा आकाँक्षी देखिएका छन् भने अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, प्रमिला यादव, बुच्चि देवी सरदारको नाम उपाध्यक्षमा चर्चा रहेको छ ।
यस्तै बोदेवर्साइन नगरपालिकाको प्रमुखमा डाÞ सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव, दिलिप कुमार यादव, देव नारायण प्रमाणी, किरण कुमार यादव आकांक्षी देखिएका छन भने उप प्रमुखमा सुनिता कुमारी साह रहेकी छिन ।
सप्तकोशी नगरपालिकाको प्रमुखमा रविन्द्र चौधरी, शम्भु खडका, धु्रव कार्की, संतोष खतिवडा, कञ्चनरुप नगरपालिकामा बंशी चौधरी, सत्यनारायण चौधरी, अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको अध्यक्षमा बेचन चौधरी, असर्फी सदा तथा उपाध्यक्षमा रमिता सदा आकांक्षी देखिएका छन् ।
त्यसैगरी रुपनी गाउँपालिकाबाट अध्यक्षमा अरुण साह, भगवती यादव, राजविराज नगरपालिको प्रमुखमा रामगमन साह, प्रा.डा. देवनाथ यादव, केदार देव, भन्नालाल यादव, मो. गणी, मधुसुदन यादव, जय प्रकाश यादव तथा उपप्रमुखमा प्रतिमा यादव आकांक्षी छन् ।
तिरहुत गाउँपालिकाको अध्यक्षमा गोपाल प्रसाद गुप्ता, विशेश्वर यादव तथा उपाध्यक्षमा लालमैन देवी सरदार आकांक्षी छन् । त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रमुखमा राहुल मण्डल, बशन्त मण्डल, तिलाठी कोइलाडी गाउँपालिकामा संजय सिंह, अभिनास सिंह, मुनिलाल मुखिया तथा उपाध्यक्षमा अनिता मुखिया, मालती देवी मुखिया, अनार देवी खंग आकांक्षी रहेका छन् ।
यसैगरि छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा जय प्रकाश यादव, विनोद यादव, शम्भु खंग, विष्णुपुर गाउँपालिकामा अध्यक्षमा रामकुमार राय, बलराम यादव, राजगढ गाउापालिकामा मो. इब्राहिम मियाँ, बिशेश्वर यादव, डाकनेश्वरी नगरपालिकाको प्रमुखमा कर्मलाल यादव, भुलाइ राम, शम्भुनाथ नगरपालिको प्रमुखमा गणपति साह, दानालाल चौधरी, भैगरथ साह, खडक नगरपालिकाको प्रमुखमा जय प्रकाश चौधरी, उचितलाल चौधरी, सुरुङ्गा नगरपालिकाको प्रमुखमा हरि नारायण चौधरी, चतुर चौधरी, यम बहादुर खपाङ्गी मगर, लक्ष्मी चौधरी प्रमुखका आकाँक्षी छन् भने शर्मिला चौधरी, लक्ष्मी चौधरीको नाम उप–प्रमुखमा चर्चामा रहेको छ । बलान विहुल गाउँपालिकाको अध्यक्षमा महेन्द्र यादव र पशुपति यादव आकाक्षी रहेको पार्टी श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ