News Category 2078/12/14
राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिगको सोमबार सम्पन्न दुईवटा खेलमा राजविराज द किंग्स र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन् । यो जितसँगै राजविराज द किंग्स फाइनलमा प्रवेश गरेको छ ।
यस्तै मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेलबाट अर्को फाइनल खेल्ने टिमको छनौट हुनेछ ।
सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गरेको छ ।
जायन्ट्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन मात्र बनायो । टिभीएस किंग्स राजविराजका ओपनर रोहन विकले आक्रामक ब्याटिंग गर्दै ८२ रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा जित्न पर्याप्त रहेन ।
यु–१६ राष्ट्रिय क्रिकेटर रहीसकेका विकले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर शेख इमरानले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् । कप्तान महबुब आलमले ४ रन मात्र बनाउन सके ।
प्लेयर अफ द म्याच समेत चुनिएका तिलाठी कोइलाडीका सुनिल धमलाले ४ विकेट लिए । योगेन्द्र सिंह कार्कीले ३ तथा रोहण विश्वकर्माले २ विकेट लिए ।
टस जितेर ब्याटिंग रोजेको तिलाठी कोइलाडीले २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ९१ रन बनाएको थियो । तिलाठी कोइलाडीको ब्याटिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सुनिल धमलाले ७२ रन बनाए । जुन क्रममा उनले ४२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै रोहन विश्वकर्माले अविजित ४०, योगेन्द्र सिंह कार्कीले ३० तथा भुवन कार्कीले २४ रनको योगदान गरे । टिभीएस किंग्स राजविराजका बलर महबुब आलमले २ तथा बिशाल सुश्लिंग र शेख इमरानले १÷१ विकेट लिएका थिए ।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ ।
यस्तै सोमबारै सम्पन्न दोश्रो खेलमा राजविराज द किंग्सले डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गरेको छ । वारियर्सले दिएको १२३ रनको लक्ष्य द किंगले १६.१ ओभरमा ४ विकेट क्षतीमा भेटायो ।
राजविराज द किंग्सको ब्याटिंगमा ओपनर शंकर रानाले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच चुनिएका उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । सन्तोष कार्कीले १९ रन बनाए । वारियर्सका बलर सर्वन यादव, अरनिको यादव, मुकुन्द यादव र सिद्धान्त लोहनीले १÷१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।
वारियर्सको ब्याटिंगमा राज वर्माले सर्वाधिक २५ रोबिन सिंहले २० तथा सर्वन यादवले १९ रन योगदान दिए । राजविराज द किंग्सका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, अनिल यादव र फिर्दोश अन्सारीले २÷२ विकेट तथा रोहित कुमार सिंह र नन्दन यादवले १÷१ विकेट लिए ।
पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १÷१ खेल खेलेपछि उत्कृस्ठ हुने दुई टिम फाइनल प्रवेश गर्नेछन् । टिभीएस किंग्स राजविराज, राजविराज द किंग्स, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ