News Category 2078/12/16
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधवार राजविराजमा जिल्लाभरका पत्रकारको सहभागीतामा प्रभातफेरी गरिएको हो । शाखाको प्राङ्गणबाट शूरु भएको ¥याली नगरक्षेत्र परिक्रमा गरेको थियो ।

प्रभातफेरी पश्चात गजेन्द्रनारायण सिह अस्पताल परिसरमा रहेको रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचारसेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासंघका जिल्ला अध्यक्ष श्रवण देव, पत्रकारहरु रक्षा चौधरी, ओमप्रकाश साह, हेमशंकर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागार्इं, प्रेस युनियनका रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायत १६ जनाले रक्तदान गरेका थिए ।
रगतको अभावमा कुनै पनि ब्यक्तीको मृत्यु नहोस भन्ने उद्देश्यका साथ स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाइएको महासंघका अध्यक्ष देवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ