News Category 2078/12/23
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम अन्र्तगत जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न भएको छ ।
आसामान नेपालका आयोजनमा आयोजित जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी कार्यक्रममा एकीकृत स्वास्थ्य र पोषण कार्यक्रम, गर्भवती र सुत्केरी महिला तथा ६ देखि २३ महिनाका बालबालिकाहरु बीच आवश्यक स्वास्थ्य र पोषण सेवाहरुको पहँुच र उपयोगिता बढाउने, मातृ शिशु र बालबालिकाहरुलाई गुणस्तरीय पोष्टिक खाना खुवाउने, आमा र हेरचाहकर्ताहरुको ब्यवहार, अभ्यास र ज्ञानमा सुधार गर्नु र एसबीसीको माध्यमबाट स्याहर र पोषण ब्यवहारमा सुधार गर्नु लगायत बारेमा जानकारी दिइएको छ ।
परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाको प्रमुख आतिथियमा संचालन भएको कार्यक्रममा मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा स्थानिय स्तरमा उपलब्ध पौष्टिक खाद्यान्नमा पहँुच र उपयोगमा बृद्धि गरी बालबालिका, गर्भवती र सुकेरी महिलाको पोषण स्थितिमा सुधार र स्थानिय रुपमा उपलब्ध पौष्टिक खानाहरुमा समेत पहुँच बढाउनुपर्ने लगायतका कार्यहरु संचालन हुने आसमान नेपालका कार्यक्रम संयोजक सावन कुमार यादवले जानकारी दिए ।
तीन करोड ४५ लाख ४१ हजार २५ रुपैयाको कुल लागतमा एक बर्षमा गभर्वती, सुत्केरी, महिला र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने आसमान नेपालका अभियान्ता रोकी साहले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाले स्थानिय तहमा स्वास्थ्य सम्बन्धि आसमान नेपालले संचालन गनुपर्ने जोड दिए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बिश्व खाद्य कार्यक्रम अधिकृत कृष्ण प्रसाद लाम्साल लगायत बिभिन्न वक्तहरुले कार्यक्रमको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा १८ वटै स्थानिय तहबाट स्वास्थ्य शिक्षा र बिभिन्न सम्बन्धित निकायबाट आएका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
- 2082/05/25 सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
- 2082/05/24 राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
- 2082/05/22 उच्च अदालतका पाँच कर्मचारी सम्मानित
- 2082/05/22 खोला किनारमा महिला मृत फेला, टाउँकोमा चोट लागेका पुजारी मृत्यु
- 2082/05/22 असोज २२ देखी सप्तरी महोत्सव हुँदै
- 2082/05/22 ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ