News Category 2078/12/23
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम अन्र्तगत जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न भएको छ ।
आसामान नेपालका आयोजनमा आयोजित जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी कार्यक्रममा एकीकृत स्वास्थ्य र पोषण कार्यक्रम, गर्भवती र सुत्केरी महिला तथा ६ देखि २३ महिनाका बालबालिकाहरु बीच आवश्यक स्वास्थ्य र पोषण सेवाहरुको पहँुच र उपयोगिता बढाउने, मातृ शिशु र बालबालिकाहरुलाई गुणस्तरीय पोष्टिक खाना खुवाउने, आमा र हेरचाहकर्ताहरुको ब्यवहार, अभ्यास र ज्ञानमा सुधार गर्नु र एसबीसीको माध्यमबाट स्याहर र पोषण ब्यवहारमा सुधार गर्नु लगायत बारेमा जानकारी दिइएको छ ।
परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाको प्रमुख आतिथियमा संचालन भएको कार्यक्रममा मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा स्थानिय स्तरमा उपलब्ध पौष्टिक खाद्यान्नमा पहँुच र उपयोगमा बृद्धि गरी बालबालिका, गर्भवती र सुकेरी महिलाको पोषण स्थितिमा सुधार र स्थानिय रुपमा उपलब्ध पौष्टिक खानाहरुमा समेत पहुँच बढाउनुपर्ने लगायतका कार्यहरु संचालन हुने आसमान नेपालका कार्यक्रम संयोजक सावन कुमार यादवले जानकारी दिए ।
तीन करोड ४५ लाख ४१ हजार २५ रुपैयाको कुल लागतमा एक बर्षमा गभर्वती, सुत्केरी, महिला र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने आसमान नेपालका अभियान्ता रोकी साहले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाले स्थानिय तहमा स्वास्थ्य सम्बन्धि आसमान नेपालले संचालन गनुपर्ने जोड दिए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बिश्व खाद्य कार्यक्रम अधिकृत कृष्ण प्रसाद लाम्साल लगायत बिभिन्न वक्तहरुले कार्यक्रमको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा १८ वटै स्थानिय तहबाट स्वास्थ्य शिक्षा र बिभिन्न सम्बन्धित निकायबाट आएका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ