News Category 2071/06/12
जिर्ण सडकका कारण छिन्नमस्ता सम्म पुग्न श्रद्धालुहरुलाई समस्या
राजविराज÷सप्तरीको छिन्नमस्ता गाविसस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपिठसम्म पुग्ने बाटो वर्षौदेखी जिर्ण भएका कारण यस वर्ष पनि पूजापाठका लागि श्रद्धालुहरुलाई आवत जावत गर्नमा समस्या उत्पन्न भइरहेको छ ।
दसैंको अवसरमा मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा नेपाल सहित छिमेकी भारतको विभिन्न स्थानबाट हजारौ श्रद्धालु भक्तजनहरु पुजाआजा गर्न आउँने जाने गरेको तथा राजविराजदेखी शक्तिपीठसम्मको करिब ११ किलोमिटर सडक खण्ड जिर्ण बनेका कारण श्रद्धालुहरुलाई दिनहुँ सास्ती व्यहोर्नु परेको हो ।
पर्यटकीय क्षेत्रको रुपमा चिनाउने जिल्लाको राजविराज–छिन्नमस्ता सडक बनाउन धेरै पहिलेदेखि चर्चा हुँदै आएपनि कसैले सो सडक मर्मत सम्भारका लागि अहिले सम्म ध्यान नदिएको आरोप स्थानीयहरुले लगाएका छन ।
सखडादेखि राजविराज सम्मको सखडा मोड, ईटहरी विष्णुपुर टोल, कोचाबखारी सहितका स्थानमा समान्य वर्षामा पनि सो सडक हिलोमय हुने गरेका कारण दशै अवधिभरी श्रद्धालु भक्तजनहरुलाई दिनहुँ सखडा मन्दिरसम्म पुजाआजाका लागि आवत जावतमा समस्या उत्पन्न हुने गरेको श्रद्धालुहरुको कथन रहेको छ ।
उक्त सडक निमार्णका लागि पटक–पटक मन्त्रालयबाट बजेट आउने र त्यो बजेटले सडक निर्माण हुने धेरै पटक बताईएपनि छिन्नमस्ता सडक झन झन जिर्ण बन्दै गइरहेको छ ।
राजविराजदेखी छिन्नमस्तासम्म जाने करिब ११ किलो मिटरको दुरी पार गर्न अन्य वर्ष झै यस वर्ष पनि दिनहुँ श्रद्धालुहरुले कठिनाई नै भोग्नु पर्ने बाध्यता रहेको छ ।
शक्तिपीठका पिठाधिश महाकान्त ठाकुरले सो जिर्ण सडकका लागि नेपाल तथा भारतको विभिन्न निकायसम्म पुग्दा पनि आज भोली भनेर प्रतिवद्धता मात्र आएको छ, तर उक्त सडक निमार्ण कार्य अझै हुन नसकेका कारण अन्य वर्ष झै यस वर्ष पनि दशै अवधिभरी माताको दरबार सम्म पुग्नमा श्रद्धालु माताका भक्तजनहरुलाई समस्या उत्पन्न हुने गरेको गुनासो पोख्नुभयो ।
बारम्बार स्थानीयहरुले यसतर्फ स्थानीय प्रशासन, जिल्ला विकास समिति तथा सरकारको समेत ध्यानाकर्षण गराएपनि सडक बन्न सकेको अवस्था छैन् । सडक बन्नुको कुरा धेरै पर रहेपनि मर्मतसंभार समेत गर्न कुनै निकायले ध्यान दिन नसकेको आरोप संघीय समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरीको रहेको छ ।
सप्तरीको ऐतिहासिक एवं धार्मिक धरोहर छिन्नमस्ता सखडेश्वी मन्दिर सम्म पुग्ने करिब ११ किलो मिटरको बाटो निमार्णका लागि अविलम्ब राज्य तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने केन्द्रिय सदस्य चौधरीले जोडदार माँग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ