News Category 2078/12/24
अस्ताउँदो सूर्यलाई अर्घ
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
चैती छठ पर्व अन्तरगत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् ।
राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, पूर्णी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठ घाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए ।
यता कतिपय ब्रतालु अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पूजा घाटसम्म पुगेका थिए । सडकमा सुतेर हातले चिहनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड प्रणाम भनिन्छ ।
कात्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्तिको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ ।
चार दिवसीय चैती छठ पर्वको धार्मिक बिधी मंगलबार बाटै सुरु भएको थियो । जसअन्तरगत नहाई खाय, दोश्रो दिन उपवास बसेर राती सखरमा पकाइएको खिर खाएर खरना र तेश्रो दिन उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने पूजा बिधी सकिएको छ । चँैथो दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व बिधीवत सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ