News Category 2078/12/24
विभिन्न कारण देखाउँदै मधेश प्रदेशका २१ जनासहित ७१ निर्वाचन अधिकृतलाई हटाइए
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
निवार्चन आयोगले विभिन्न कारण देखाउँदै मधेश प्रदेशका २१ जना सहित ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।
बिहीवार आयोगले नियमित पत्रकार सम्मेलनमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरुको स्थानमा ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त समेत गरेको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७९ मा खटिने निर्वाचन अधिकृतहरुको प्रशिक्षण प्रदान गर्नका लागि चैत्र २३ गते निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको बताए ।
मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी बनेका सहभागीहरुले २०७८ चैत्र ३० गते र २०७९ साल वैशाख २ गते प्रदेशस्तरमा सञ्चालन हुने आठ स्थानमा हुने प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ