News Category 2078/12/27
स्व. नेता सिंह र रायको शालिक अनावरण
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
रामनवमीको अवसर पारेर नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंह तथा सोही पार्टीका संस्थापक नेता स्व. धर्मनारायण रायको शालिक छुट्टाछुट्टै स्थानमा आइतबार अनावरण गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित गजेन्द्र नारायण सिंह हटिया (जिरिया हटिया) मा स्व. सिंहको शालिक राष्ट्रियसभा सदस्य शेखरप्रसाद सिंहले अनावरण गरेका छन् ।

यस्तै सोही गाउँपालिका वडा नं. ५ बनरझुलामा स्व. धर्मनारायण रायको शालिक पनि राष्ट्रिय सभा सदस्य सिंहले अनावरण गरे ।
स्व. रायको घर अगाडी नै शालिक निर्माण गरि अनावरण गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष समेत भएका राय को. बरसाइनका पुर्वप्रधानपञ्च पनि बनेका थिए ।
रायको गत वर्ष कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको योगदान र संघर्षलाई स्मरण गर्दै शालिक निर्माण गरिएको हो ।
मधेश प्रदेसका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले गत चैत ११ गते स्व. रायको नाममा स्वागत द्वार निर्माणका लागि शिलान्यास समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ