News Category 2079/01/08
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
आफ्नै दुई वर्षिया छोरीको हत्याको आरोपमा बीस वर्ष कैद फैसला सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालीनी नख्स्गरपालिका वडा नं. ७ निवासी रानीदेवी मण्डल छिन् ।
प्रहरीका अनुसार सोही नगरपालिका निवासी सुर्य नारायण मण्डलको जाहेरीले रानीदेवी मण्डलमाथी कर्तव्य मुद्दा दायर गरिएको थियो । दायर गरिएको जाहेरीमा रानीले आफ्नै दुई वर्षिय कान्छी छोरीलाई २०७३ साल साउन १२ गते कर्तब्य गरी मारेको र हनुमानगर राजबिराज सडक खण्डको खाडो खोलामा आएको बाढीमा प्mयाली बेपता पारेको उल्लेख छ ।
सोही कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०७५ फागुन १५ गते बिस बर्ष कैद हुने फैसला गरेलगत्तै मण्डल फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले फरार प्रतिवादी मण्डललाई जिल्लाको राजगढ गाउँपालिका वडा न. ५ मलेखपुरमा लुकीछुपी बसिरहेको अवस्थामा बिहीबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी राजविराज कारागार पठाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ