News Category 2079/01/09
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
शुक्रबारदेखी सुरु भएको एसइई परिक्षाको पहिलो दिन सप्तरीमा ९ हजार ३१ विद्यार्थीहरुको सहभागिता रहको छ ।
विगत दुई वर्षदेखी कोरोनाका कारण विद्यालयकै मुल्याङकनको आधारमा सम्पन्न हुँदै आएको एसइई परिक्षा यसपल्ट दुई वर्ष पहिले जस्तै भौतिक उपस्थितिका बीच सुरु भएको छ ।
जिल्लाभरका ३५ परिक्षा केन्द्रमा ९ हजार ३१ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।
परिक्षाको पहिलो दिन डाक्नेश्वरी नगरपालिकास्थित पातो परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेवापत एक जना निरिक्षक कारवाहीमा परेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख बिजय मण्डलले जानकारी दिएका छन् ।
यसैक्रममा पहिलो दिन मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले जिल्लाका आधा दर्जन परिक्षा केन्द्रको अनुगमन गरेका छन् । शान्तिपूर्ण तथा मर्यादित ढंगले परिक्षा संचालन भइरहेकोमा सन्तुष्टि व्यक्त गर्दै मन्त्री साहले २०२८ सालदेखी टालटुल गर्दै चल्दै आएको सामान्य शिक्षालाई रुपान्तरण गरेर रोजगारी र उत्पादनसँग जोड्न आफू लागिपरेको बताए ।
मन्त्री साहले शिक्षामा देखिएका चुनौती शिक्षक र अभिभावकबाट मात्र पार नलाग्ने भएकाले यसमा सरकारको पनि उत्तिकै भूमिका रहने र यसका लागि आफूले श्रोत साधन र क्षमताले भ्याएसम्म काम गरिरहेको बताए ।
उनले शिक्षामा अझै धेरै सुधारको सम्भावना रहेको जिकिर गर्दै यसलाई उकास्न आधारभूत शिक्षामा रोजगारी, सीप र उत्पादनसँग जोड्ने तयारी भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ