News Category 2079/01/11
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी आईतवार पहिलो दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।
पहिलो दिन सप्तरीको १८ वटै स्थानिय तहहरुमा २० जना प्रमुख÷अध्यक्ष पदमा तथा ११ जनाले उपप्रमुख÷उपाध्यक्ष पदमा विभिन्न पार्टी एवं स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीबाट बिरेन्द्र माझी र नेपाल विवेकशिल पार्टीबाट माधव कुमारले प्रमुख पदमा मनोननय दर्ता गराएका छन् ।
यस्तै सुरुङ्गा नगरपालिकामा नेकपा एसबाट रामनारायण चौधरी, शम्भुनाथमा उम्देश्वर साहले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । विष्णपुरमा जसपाबाट उमेश प्रसाद साह र लोसपाबाट सुरेन्द्र प्रसाद यादवले अध्यक्ष पदमा मनोनयन दर्ता गराए ।
बलानबिहुल गाउँपालिकामा जनतमका खेमचन्द्र यादवले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । त्यस्तै रुपनी गाउँपालिकामा जसपाबाट निवर्तमान अध्यक्ष हरेराम यादवले पनि अध्यक्ष पदमा उम्मेदवार दर्ता गराए भने विवेकानन्द यादवले स्वतन्त्रबाट उपाध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै राजविराजमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा उमेश प्रसाद साह र उपप्रमुख पदमा सरिता झाले उम्मेदवारी दर्ता गराएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट नगर प्रमुख पदमा दिपेन्द्र चौधरी तथा उपप्रमुख पदमा निवर्तमान उपप्रमुख साधना झाले उम्मेदवारी दर्ता गराए । राजविराजमै स्वतन्त्रबाट मोहनकुमार रामले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यता महादेवा गाउँपालिमा लोसपाबाट सुनिल कुमार मण्डल तथा नेकपा एसबाट मो. हजरत मियाँले अध्यक्ष पदमा तथा स्वतन्त्रबाट पुजा शुक्ला र लोसपाबाट अर्चना कुमारी यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
जिल्लाकै बोदेबरसाइन नगरपालिकामा जनमत पार्टीबाट थानेश्वर प्रसाद साह तथा लोसपाबाट अमरेन्द्र प्रसाद यादवले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् भने लोसपाबाटै ममता कुमारी साहले उपप्रमुखमा उम्मेदवारी दिएकी छिन् ।
तिलाठी कोइलाडीमा जनमतबाट संगिताकुमारी मण्डलले उपाध्यक्षमा मनोनयन दर्ता गारएकी छिन् । यस्तै तिरहुतमा जनमतकै विष्णुप्रसाद यादवले अध्यक्षमा मनोनयन दर्ता गराए । यसैगरि खडक नगरपालिकामा जनमतकै सुरतलाल साहले प्रमुख तथा मंजुदेवी चौधरीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
कंचनरुप नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिनेश्वर यादवले प्रमुख तथा जनमतबाट सम्झना रानाले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् भने अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जनमतबाट ललितकुमार यादवले प्रमुख पदमा उम्मेदवारी दर्ता गराए ।
यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिकामा निर्वतमान जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादवले लोसपा परित्याग गरि जनता प्रगतिशिल पार्टीबाट अध्यक्ष पदमा मनोननय दर्ता गराएका छन् । सोही पार्टीबाट उपाध्यक्ष पदमा बबिताकुमारी साहले मनोनयन दर्ता गराएकी छिन् । सो गाउँपालिकामा जनमत पार्टीबाट भुवनेश्वर मण्डल (बेलचन)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने लोसपाबाट विद्यानन्द चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोही पार्टीबाट उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष उषाकुमारी मण्डलले समेत मनोनयन दर्ता गराइन् ।
जिल्लाका अन्य पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट सबै तथ्याङ्क आईनसकेकाले संख्या अझै थपिने मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । ९ गाउँपालिका र ९ नगरपालिका गरी १८ स्थानीयतहमा उत्साहपुर्वक र शान्तिपुर्ण ढंगले मनोनयन भएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) नेकपा एकिकृत समाजवादी, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा लगायत पार्टीका उम्मेदवारले सोमवार मात्र उम्मेदवारी दर्ता गराउने भएकाले सो संख्या चार गुणा बढी पुग्ने अनुमान गरिएको छ ।
विहान १० बजे देखी साँझ ५ बजे सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका स्थानीयतहको निर्वाचनका लागी जिल्लामा ५ सय ३६ मतदान केन्द्र कायम गरीएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ