News Category 2079/01/13
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
दैनिक समाचारदाता
राजबिराज, १३ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा १४ तथा उपाध्यक्ष पदमा १२ जनाले उम्मेदबारी दिएका छन ।
बैशाख ३० गते हुन लागेको स्थानी तह निर्वाचनका लागि बिभिन्न राजनीतिक दलबाट १२ र २ स्वतन्त्र गरी जम्मा १४ जनाले अध्यक्ष पदमा उम्मेदबारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा बिभिन्न राजनीतिक दलबाट ११ र एक स्वतन्त्र गरी जम्मा १२ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।
अध्यक्ष पदमा उम्मेदबारी दर्ता गराउनेमा जनता समाजवादी पार्टी, नेपालबाट सत्यनरायण यादव, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दिपेन्द्र कुमार यादव, नेपाली कांग्रेसबाट कुलानन्द यादव, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट विनोद कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट विद्यानन्द चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बाट जय प्रकाश यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव प्रसाद यादव, जनमत पार्टीबाट भुवनेश्वर मण्डल अमात, जनता प्रगतिशिल पार्टीबाट प्रभाकर यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट होमेन्द्र कुमार राय, नेपाल सद्भावना पार्टीबाट सुर्य नरायण मण्डल अमात, राष्ट्रिय सद्भावना पार्टीबाट प्रमेश कुमार यादव, स्वतन्त्रबाट संजय कुमार चौधरी र तेजनरायण मण्डल अमात गरी जम्मा १४ जनाले उम्मेदबारी परेको छ ।
त्यसैगरी गाँउपालिकाको उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपालबाट अशा देवी साह, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट ललिता देवी मेहता, नेपाली कांग्रेसबाट प्रमिला देवी साह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट राजु देवी यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उषा कुमारी मण्डल, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट शोभा देवी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुलोदेवी खत्वेनी, जनमत पार्टीबाट सावित्री देवी राय, जनता प्रगतिशिल पार्टीबाट बबिता कुमारी साह, नेपाल लोकतान्त्रिक पार्टीबाट उर्मिला देवी राम, राष्ट्रिय सद्भावना पार्टीबाट नन्दनी झा र स्वतन्त्रमा शिवनाथ राय गरी जम्मा १२ जनाले गाँउपालिकाको उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन ।
सात वटा वडा रहेको छिन्नमस्ता गाँउपालिकामा ९ हजार ५ सय ८१ जना पुरुष र ८ हजार १ सय ७६ जना महिला मतदाता गरी कुल १७ हजार ५ सय ५७ जना मतदाता रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ