News Category 2079/01/15
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
ऋण नतिरेको भन्दै एक वित्तिय संस्थाले आगजनी गर्दै भैसी समेत खोलेर लगेको एक पीडित ऋणीले आरोप लगाएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ३ की सरस्वती सिंहले कदमाहा चौकमा रहेको “मेरो माइक्रो फाइनान्स” लघुवित्त बैंकका कर्मचारीहरुले आफ्नो घरमा आगो लगाएको आरोप लगाएकी हुन् ।
दश दिनअघि आफ्नो घरमा आएका फाइनान्सका कर्मचारीले आगो लगाइदिएपछि बैशाखको टनटलापुर घाममा आकाशमुनी बस्नु परेको पीडितले बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत गुनासो पोखेका छन् ।

तोकिएकै समयमा उक्त संस्थाको ऋण तिर्ण नसक्दा ९२ वर्षीया सासुआमा लगायत परिवारका सदस्यहरुलाई गाली गलोज गरी दुई वटा भैसीसमेत खोलेर लगेको पीडितको गुनासो छ ।
आगजनीबाट करिब २४ लाख बराबरको धनमाल नष्ट भएको सरस्वतीले बताएकी छिन् । उक्त संस्थाबाट आफूलाई परेको नोक्सानीको क्षतिपुर्ती उपलब्ध गराई दिन उनले प्रहरी तथा वडा कार्यालयमा समेत उजुरी दिएको संचारकर्मीहरुलाई बताइन् ।
यता लघुवित्त फाइनान्सका शाखा प्रवन्धक महादेब चौधरीले आगो लगाएको आरोप अस्विकार गर्दै भैसी भने ल्याएको स्वीकार गरेका छन् ।
उनले बैंकबाट सिंहले २ लाख ५० हजार ऋण लिए पनि समयमै ब्याज चुक्ता नगर्दा ऋण असुलीका लागि दबाब दिने क्रममा भैंसी लगेको स्पष्ट पारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ