News Category 2079/01/17
बिक्रिका लागि राखिएको लागु औषधसहित कारोवारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
प्रतिबन्धीत लागूऔषधको कारोबारमा संलग्न एक कारोबारीलाई प्रहरीले ठुलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव छन् । विक्रीका लागि यादवले घरमा भण्डारण गरी राखेका ठुलो परिमाणको लागूऔषधसहित विहिवार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ । यादवका साथबाट विक्रीका लागि घरमा लूकाई राखेको नाइट्राभेट ट्याब्लेट १ हजार २५० तथा डाइजेपाम, फेर्नागन र मोफिम सुई २ हजार २५० एम्पुल पनि बरामद गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
भारतीय सिमा नजिक पर्ने उक्त गाउँमा यादवले भारतबाट चोर बाटो हुँदै प्रतिवन्धीत लागू औषध खरिद गरी ल्याउने र स्थानीय बजारमा विक्री गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोली यादवको घरमा छापा मार्न पुगेका थिए ।
उनीमाथि लागूऔषध मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउँदै शुक्रवार नै सप्तरी जिल्ला अदालतबाट म्याद थपि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ