News Category 2079/01/17
बिक्रिका लागि राखिएको लागु औषधसहित कारोवारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
प्रतिबन्धीत लागूऔषधको कारोबारमा संलग्न एक कारोबारीलाई प्रहरीले ठुलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव छन् । विक्रीका लागि यादवले घरमा भण्डारण गरी राखेका ठुलो परिमाणको लागूऔषधसहित विहिवार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ । यादवका साथबाट विक्रीका लागि घरमा लूकाई राखेको नाइट्राभेट ट्याब्लेट १ हजार २५० तथा डाइजेपाम, फेर्नागन र मोफिम सुई २ हजार २५० एम्पुल पनि बरामद गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
भारतीय सिमा नजिक पर्ने उक्त गाउँमा यादवले भारतबाट चोर बाटो हुँदै प्रतिवन्धीत लागू औषध खरिद गरी ल्याउने र स्थानीय बजारमा विक्री गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोली यादवको घरमा छापा मार्न पुगेका थिए ।
उनीमाथि लागूऔषध मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउँदै शुक्रवार नै सप्तरी जिल्ला अदालतबाट म्याद थपि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ