News Category 2079/01/23
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
स्थानिय तह निर्वाचनको ६ दिन बाँकी रहेको समयमा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले घोषणा पत्र सार्वजनिक गर्ने क्रमलाई जारि राखेका छन् ।
शुक्रबार सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिजय यादवले पत्रकार सम्मेलन मार्फत २९ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको घोषणा पत्रमा स्थानिय स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटन र खेलकुदलाई उच्च प्राथमिकतामा राखिएको छ भने एतिहासिक पर्यटकीय स्थल बाबा ठाकुर दहको बृहत विकास गर्ने, सिभिल इन्जिनियरिङ कलेजको स्थापना गर्ने, गरिब असाहय परिवारका छात्रछात्राको पढाईका लागि गाउँपालिकाबाट सहयोग गर्ने, २५ शैयाको सुविधायुक्त अस्पताल निर्माण गर्ने, प्रत्येक वर्ष एक हजार महिला र पुरुषलाई रोजगार दिइने लगायतका प्रतिबद्धता समेत घोषणा पत्रमा समेटिएको छ ।
यस्तै तिरहुत गाउँपालिकालाई उद्योग ग्रांम बनाउने, किसानलाई कृषि मिटरमा बिजुली महसुलको ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा कालोपत्र सडक निर्माण, बाढी नियत्रणका लागि तटबन्ध तथा आवश्यक पूर्वाधारको निर्माण, मुस्लिम बालबालिकाको शिक्षाका लागि मदरसाको स्थापना लगायतका प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ