News Category 2079/01/27
चोरी भएको बस महोत्तरीमा फेला प¥यो
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
तीन दिन अघि घर अगाडीबाट चोरी भएको एउटा बस प्रहरीले पत्ता लगाई मंगलवार सवारी धनीलाई बुझाएको छ ।
राजविराज ८ निवासी प्रदिप कुमार जैनको घर अगाडी पार्किंङ गरिराखिएको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी गणेश ट्राभल्स नामक वस शनिवार राती चोरी भएको थियो ।
उक्त बस राजविराजबाट करिब २ सय किलोमिटर टाढा पश्चिम महोत्तरी जिल्लाको लक्ष्मीनीयाँ गाउँबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार खोज तलास जारी राखेकै बेला सोमवार मध्य राती लक्ष्मीनीया गाउँमा एउटा विद्युतको पोलमा उक्त बस ठोकिएको अवस्थामा फेला परेको हो । उनले चोरी गरी लाने ब्यक्ती बस छाडेर भागेको लक्ष्मीनीया प्रहरी चौकीबाट खबर प्राप्त भए लगत्तै सप्तरीबाट प्रहरी टोलीसहित सवारी धनीलाई पनि त्यसतर्फ पठाएर चोरी भएको सोही बस रहेको पुष्टि भएको बताए ।
बस चोरी भएको भोली पल्टै विहान आईतवार सावरीधनी जैनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागी निवेदन दिएका थिए । उनले बस चोरी हुदाँका क्षणको सिसी क्यामेराको फुटेज पनि प्रहरीलाई उपलब्ध गराउदै खोज तलासका लागी आग्रह गरेका थिए ।
प्रहरीले सिसी क्यामेराको पुृmटेजको आधारमा चोरी भएको बसको सम्पुर्ण विवरण मुलुक भर तथा सिमाक्षेत्रका भारतीय प्रहरी एकाईहरुमा समेत फोटो सहितको विवरण पठाई खोज तलास व्यापक बनाएको थियो ।
चोरी गरी लाने ब्यक्तीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ