News Category 2079/02/01
सप्तरीमा जसपा ७, काँग्रेस ४, एमाले २ तथा माओवादी, जनमत र लोसपा एक÷एक स्थानमा अगाडी
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
सप्तरीको १८ स्थानिय तह मध्ये शनिबारदेखी १६ पालिकाको मतगणना सुरु भएको छ ।
शनिबारदेखी राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननग कंकालिनी नगरपालिका, सुरुङ्गा नगरपालिका, बलान बिहुल गाउँपालिका, राजगढ गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मतगणना सुरु भएको छ ।
प्रारम्भिक नतिजामा जनता समाजवादी पार्टी ७, नेपाली काँग्रेस ४, नेकपा एमाले २ तथा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एक एक स्थानमा अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार जसपा राजविराज, बोदेबरसाइन, राजगढ, तिरहुत, तिलाठी कोइलाडी, खडक, विष्णुपुर, नेपाली काँग्रेस सुरुङ्गा, शम्भुनाथ, सप्तकोशी, कंचनरुप, नेकपा एमाले अग्निसाइर कृष्णासवरण, बलान बिहुल, जनमत हनुमाननगर कंकालिनी, माओवादी केन्द्र छिन्नमस्ता तथा लोसपा महदेवामा अग्रस्थानमा रहेको छ ।
आइतबार अबेर साँझसम्म कुनै पनि पालिकाको अन्तिम परिणाम आउन सकेको छैन् । मतगणना कार्य सुस्त गतिमा हुँदै गरेकाले अन्तिम परिणाम आउन अझै तीन÷चार दिन लाग्ने अनुमान गरिएको छ ।
डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकाको १÷१ मतदान केन्द्रमा विवादका कारण निर्वाचन स्थगित भएकाले पुनः निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना कार्य अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ स्थित मतदान केन्द्रमा आइतबार मतदान सम्पन्न भएको छ । सो केन्द्रमा अधिकृतमाथी हातपात तथा मतपेटिका तोडफोड भएकाले निर्वाचन स्थगित गरिएको थियो ।
यस्तै रुपनी गाउँपालिकाको वडा नं. ७ बसबिटी मतदान केन्द्रको पनि निर्वाचन स्थगित गरिएकाले मतगणना रोकिएको हो । सो केन्द्रमा शनिबार साँझ दुई पक्षबीच झडप हुन थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।
उक्त केन्द्रमा सोमबार पुनः निर्वाचन गराइने मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिएका छन् ।
जिल्लामा ८ सय ५६ पदका लागि भएको निर्वाचनमा कुल ५ हजार ४ सय २४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ