News Category 2079/02/02
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा
दैनिक समाचारदाता
राजविराज २, जेठ ।
स्थानीय तह निर्वाचनका क्रममा सप्तरीका विभिन्न वडाहरुको नतिजा आउने क्रम जारि रहेको छ ।
जिल्लाका १८ स्थानीय तहमध्ये सोमबार साँझसम्म कुनै पनि पालिकाको सम्पूर्ण परिणाम आउन सकेको छैन । यद्दपी ३० वटा वडाको परिणाम आइसकेको छ ।
हालसम्म जसपा र काँग्रेसले ८÷८ वडामा जित हात पारेको छ । यस्तै एमालेका ४, लोसपाका र जनमत ३÷३ तथा नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका २÷२ जना विभिन्न पालिकाको वडा अध्यक्ष पदमा जित हात पारेका छन् ।
सप्तरीका १८ पालिकामध्ये अहिले १६ पालिकामा मतगणना कार्य भइरहेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका २ र रुपनी गाउँपालिका ७ मा निर्वाचनको क्रममा विवाद उत्पन्न भएपछि स्थगित गरिएको निर्वाचन आईतवार र सोमवार सम्पन्न भएको छ । उक्त दुवै मतदान केन्द्रको मतपेटिका ल्याउने काम सम्पन्न भई मंगलवार बिहानैदेखि उक्त पालिकाको पनि मतगणना शुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
हाल मतगणना भइरहेको १६ पालिका मध्ये नेपाली काँग्रेस र जसपा ५÷५ स्थानमा अग्रता लिएको छ । यस्तै नेकपा एमाले, लोसपा २÷२ तथा नेकपा माओवादी केन्द्र र जनमत पार्टी १÷१ स्थानमा अग्रता लिएका छन् ।
यता निर्वाचित जनप्रतिनिधिहरुले फरक फरक शैलीमा विजय जुलुस प्रदर्शन गर्न थालेका छन् । कसैले ब्याण्ड बाजा बजाएर, कसैले अविर यात्रा निकालेर त कसैले लडु बाडेर त कसैले जेसिभिमा बसेर विजयी जुलुस निकालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ