News Category 2079/02/04
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित, पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत बुधवार साँझ सम्म सप्तरीको १८ मध्ये ५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार दुई÷दुई पालिकामा तथा जनमत पार्टीले एक पालिकामा निर्वाचित भएका छन् ।
जिल्लाको सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका काँग्रेसको पक्षमा गएको छ भने अग्नीसाईर कृष्णासवरण गाउँपालिका र राजगढ गाउँपालिकाको अध्यक्ष पद एमालेका उम्मेदवारले जितेका छन् ।
त्यस्तै पहिलो पटक निर्वाचनमा होमिएको जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद बाजी मारेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार सप्तकोशी नगरपालिकाको प्रमुखमा काँग्रेसका कृष्ण ढकाल र उपप्रमुख रिता चौधरी निर्वाचित भएका छन् ।
तिरहुत गाँउपालिकाको अध्यक्षमा काँग्रेसकै विजय कुमार यादव र विणा देवी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् । अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा एमालेका दिनानाथ चौधरी तथा उपाध्यक्षमा काँग्रेसकी कल्पना चौधरी निर्वाचित भएकी छन । राजगढ गाउँपालिकाको अध्यक्षमा एमालेका ओम प्रकाश मण्डल तथा उपाध्यक्षमा जसपाकी रेणु मण्डल विजयी भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाको नगर प्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी तथा उपप्रमुखमा जसपाकी सरिता यादवले चुनाव जितेकी छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले निवर्तमान प्रमुखलाई पराजित गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा निर्वाचत भएका हुन् ।
सो पार्टीका उम्मेदवार बिरेन्द्र माझीले ६ हजार ४ सय ७ मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का प्रमुख पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान प्रमुख तथा सप्तरी निर्वाचन क्षेत्र नं १ (ख) को प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहको छोरा हुन् ।
२०७४ को निर्वाचनमा जितेर यस पल्ट पुनः दोहोरीने प्रयास गरेका अहिले सम्म घोषित परिणाम अनुसार ती सबै पराजित भएका छन् । पराजित हुनेहरुमा हनुमाननगर कंकालिनी नगरपालिकाका निर्वतमान प्रमुख शैलेश साह, सप्तकोशी नगरपालिकाका निर्वतमान प्रमुख उत्तम गौतम, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका निवर्तमान अध्यक्ष परशुराम चौधरी, तिरहुत गाउँपालिकाका निर्वतमान अध्यक्ष मनोज बहरखेर, बलानबिहुलका निर्वतमान अध्यक्ष दयानन्द गोइत र राजगढ गाउँपालिकाका निर्वतमान अध्यक्ष परामानन्द यादव पनि पराजित भएका छन् ।
मतगणना जारी रहेका अन्य अधिकाँश स्थानीयतहमा पनि निर्वतमान प्रमुख र उपप्रमुखका लागी पुृनः कूर्सिमा पुग्नु चुनौतीपुर्ण देखिएको छ । यद्दपी वडा अध्यक्ष पदमा भने केहीले मात्र जित दोहराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ